काठमाण्डौँ, असोज १०। सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार असोज १७ गते राति ९:४५ बजे अनालाईन आवेदन खुल्नेछ। आवेदनको अन्तिम म्याद कार्तिक २० गते राती १० ४५ सम्म रहेको छ। दूताबासले डिभी आवेदन भर्दा कुनै शुल्क नलाग्ने भन्दै कन्सल्टेन्टको सहयोग नलिन आवेदकलाई सुझाव दिएको छ।
सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा
https://www.dvlottery.state.gov/
मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
आवेदन दर्ता गर्दा पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ। तर योग्यता नपुग्ने पति पत्नी तथा सन्तानको विवरणले भने आवदन नै अयोग्य हुने नयाँ व्यवस्था गरिएको दुतावासले जनाएको छ।
डीभीको अनलाईन आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ। यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको परिणाम आगामी बैशाख २४ गतेपछि सार्वजनिक हुने जनाइएको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…