यू–१८ महिला फुटबल टोलीलाई बिदाइ गरियो

काठमाडौँ, असोज १०। यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आज आयोजित कार्यक्रममा नेपाली टोलीलाई एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ, महिला कमिटीका अध्यक्ष वृन्दा देवान, तेक्वान्दोकी ओलम्पियन सङ्गीना वैद्यलगायतले बिदाइ गरे ।

बीस खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली टोलीमा गोलकिपर अन्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा रानामगर, मिडफिल्डरमा सरु लिम्बू, मन्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सृजनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा तथा सम्झाना शर्मा छन् ।

त्यसैगरी मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास छन् । च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालले समूह चरणमा पाकिस्तान र बङ्लादेशसँग खेल्नेछन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल यही असोज १२ गते पाकिस्तानसँग र असोज १६ गते बङ्गलादेशसँग खेल्नेछ । रासस

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago