मोरङ – सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच झडप हुँदा ६ जनाभन्दा बढी स्थानीयवासी र प्रहरी घाइते भएका छन् ।
त्यहाँ कुरा नमिलेपछि खसीसहित उनीहरु भागेका र केही खसीलाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल घुस्कीले जनाएको छ । झडप हुन थालेपछि त्यहाँ सशस्त्र प्रहरीले थप बल पठाएको थियो । उनीहरुले मोरम चोकबाट प्रहरी कार्यालयमा वार्ता गर्न जाने भनेर जाँदै गर्दा करीब डेढ किलोमिटरको दूरीमा पुग्दा स्थानीयले सशस्त्र प्रहरीको हतियार र लौरो खोस्न थालेपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको सशस्त्र प्रहरी बल घुस्कीका सइ दिलबहादुर तामाङले जानकारी दिनुभयो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनको लागि १७ राउण्ड हवाई फायर गरेको छ भने ७ राउण्ड अश्रुग्यास प्रहार भएको सइ तामाङले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले गोली चलाएपछि स्थानीयवासीको समूह तितर–बितर भएको थियो । स्थानीयको आक्रमणमा २ जना सशस्त्र प्रहरी हवल्दार र सहायक हवल्दार गम्भीर घाइते भएका छन् । हवलदार सुवास यादव र सहायक हवल्दार नेत्र बस्नेत रहेका छन् ।
केहीले ढुङ्गाले र केहीले लौरो प्रहार गरी प्हरीलाई गम्भीर घाइते बनाएका हुन् । अन्य केही सशस्त्र प्रहरीका आधा दर्जन सामान्य घाइते भएको र २ जना स्थानीय पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय व्यापारी इशा अन्सारीका अनुसार स्थानीय २ जना पनि सामान्य घाइते भएका छन् । घाइते मेहनाज खातुन र कैयुम जट रहेका छन् । खातुनले भारतबाट खसी लिएर आउँदै गरेको अवस्थामा ३ जना सशस्त्रको जवानले रोकेर नियन्त्रणमा लिन खोजेपछि सशस्त्र प्रहरीले महिला माथि हातपातको प्रयास गरेको भन्दै स्थानीयवासी सशस्त्र प्रहरीमाथि खनिएको व्यापारी अन्सारीले जानकारी दिनुभयो ।
अहिले घुस्कीमा यसै बारेमा छलफल भइरहेको भए पनि वार्ता निश्कर्षमा पुग्न सकेको छैन । यस बारेमा जिल्लाबाट सशस्त्र प्रहरीका डीएसपी र जिल्ला प्रहरी कार्यालयबाट डीएसपी नारायण चिमोरीयासहितको टोली वार्तामा सक्रिय रहेको बताइएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…