सीमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा सशस्त्र प्रहरी र स्थानीवासीबीच झडप

मोरङ – सुनसरीको हरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीवासीबीच झडप हुँदा ६ जनाभन्दा बढी स्थानीयवासी र प्रहरी घाइते भएका छन् ।भारतीय सीमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा पुगेको सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अवस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको हो । सशस्त्र प्रहरीका हवल्दार सुबास यादवसहितको टोलीले राजश्व तिरेको बिल मागेपछि घटना झडपतर्फ मोडिएको हो । व्यापारीसँग बिल नभएपछि प्रहरीले खसी नियन्त्रणमा लिन खोजेका कारण झडप भएको हो । खसी व्यापारी ग्यास आलम र नसरुल आलमका छोरी मेहनाज खातुनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गरेका थिए ।

त्यहाँ कुरा नमिलेपछि खसीसहित उनीहरु भागेका र केही खसीलाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल घुस्कीले जनाएको छ । झडप हुन थालेपछि त्यहाँ सशस्त्र प्रहरीले थप बल पठाएको थियो । उनीहरुले मोरम चोकबाट प्रहरी कार्यालयमा वार्ता गर्न जाने भनेर जाँदै गर्दा करीब डेढ किलोमिटरको दूरीमा पुग्दा स्थानीयले सशस्त्र प्रहरीको हतियार र लौरो खोस्न थालेपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको सशस्त्र प्रहरी बल घुस्कीका सइ दिलबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनको लागि १७ राउण्ड हवाई फायर गरेको छ भने ७ राउण्ड अश्रुग्यास प्रहार भएको सइ तामाङले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले गोली चलाएपछि स्थानीयवासीको समूह तितर–बितर भएको थियो । स्थानीयको आक्रमणमा २ जना सशस्त्र प्रहरी हवल्दार र सहायक हवल्दार गम्भीर घाइते भएका छन् । हवलदार सुवास यादव र सहायक हवल्दार नेत्र बस्नेत रहेका छन् ।

केहीले ढुङ्गाले र केहीले लौरो प्रहार गरी प्हरीलाई गम्भीर घाइते बनाएका हुन् । अन्य केही सशस्त्र प्रहरीका आधा दर्जन सामान्य घाइते भएको र २ जना स्थानीय पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय व्यापारी इशा अन्सारीका अनुसार स्थानीय २ जना पनि सामान्य घाइते भएका छन् । घाइते मेहनाज खातुन र कैयुम जट रहेका छन् । खातुनले भारतबाट खसी लिएर आउँदै गरेको अवस्थामा ३ जना सशस्त्रको जवानले रोकेर नियन्त्रणमा लिन खोजेपछि सशस्त्र प्रहरीले महिला माथि हातपातको प्रयास गरेको भन्दै स्थानीयवासी सशस्त्र प्रहरीमाथि खनिएको व्यापारी अन्सारीले जानकारी दिनुभयो ।

अहिले घुस्कीमा यसै बारेमा छलफल भइरहेको भए पनि वार्ता निश्कर्षमा पुग्न सकेको छैन । यस बारेमा जिल्लाबाट सशस्त्र प्रहरीका डीएसपी र जिल्ला प्रहरी कार्यालयबाट डीएसपी नारायण चिमोरीयासहितको टोली वार्तामा सक्रिय रहेको बताइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago