टोकियो । जुलाई २६,
नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अजसरमा नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका २०१८”कार्यक्रम गर्ने भएको छ ।
प्रदेशमा पनि नेपाली कला संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सेप्टेम्वर ५ तारिक टोकियोको नाकानो जेरो हलमा कार्यक्रम हुने कार्यक्रम संयोजक श्याम गोपाल कँडेलले जानकारी दिनुभयो ।
नेपालका ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा सम्पन्न हुने उक्त कार्यक्रम नवलपरासी समााज जापान द्वारा गत वर्षकै निरन्तरता स्वरुप यस बर्ष पनि आयोजना गरिएको समाजका सदस्य तथा लोकगायक सुशिल ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा सहभागि हुने कलाकारको नाम केही दिनमा सार्वजनिक गरिने बताउदै आयोजक नवलपरासी समाजले कार्यक्रमलाई सफल बनाउनका लागि सम्पूर्ण जापानबासी नेपाली समुदायमा अपिल गरेको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…