पाकिस्तानमा मतगणना सुरु, को बन्लान् नयाँ प्रधानमन्त्री ?

काठमाडौं । पाकिस्तानमा बुधबार सम्पन्न आम निर्वाचनको मतगणना सुरु भएको छ ।

यो चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लिग (नवाज) र पूर्वक्रिकेटर इमरान खानको पार्टी तहरिक ए इन्साफबीच कडा टक्कर हुने बताइएको छ ।

१० करोड ६० लाख मतदाता पाकिस्तानमा हिंसाको आशंकाका बीच भएको मतदानमा लाखौं मानिस सहभागी भएका छन् ।

पश्चिमी शहर क्वेटाको एक मतदान केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा ३० जना भन्दा बढीको मृत्यु पनि भएको छ । केही स्थानमा झडप पनि भए ।

चुनावका क्रममा भएका हिंसालाई लिएर पाकिस्तानी सेनामाथि चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ । तर, सेनाले यस्ता आरोप अस्वीकार गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार चारै प्रान्त पन्जाब, खाइबर पख्तुनख्वा, सिन्ध र बलुचिस्तानमा मतदाताले उत्साहपूवर्क मतदान गरेका छन् । मतदाताको लामो लाइन रहेको भन्दै पाकिस्तान मुस्लिम लिग-नवाजले निर्वाचन आयोगलाई चिठी लेखेर मतदानको अवधि एक घन्टा थप्न आग्रह गरेको थियो ।

त्यसपछि पाकिस्तान पिपुल्स पार्टी, पाकिस्तान तहरिक ए इन्साफ र अवामी मुस्लिम लिगले पनि निर्वाचन आयोगलाई मतदानको समय थप्न आग्रह गरेका थिए । तर, निर्वाचन आयोगले निर्वाचन अवधी थप्न अस्वीकार गर्‍यो ।

पाकिस्तानको निर्वाचन आयोगले ६ बजेभन्दा अगाडि मतदानको लाइनमा बसेका सबैलाई मतदान गर्न दिने भन्दै उसले मतदान अवधि थप्न इन्कार गरेको हो ।

निर्वाचन आयोगले २६ जुलाई अपरान्ह २ बजेसम्ममा सबै मत परिणाम घोषणा गरिसक्ने जनाएको छ ।

पाकिस्तानमा संघीय संसद र प्रान्तिय संसद दुवैको निर्वाचन एकैसाथ भएको हो । यो निर्वाचन नयाँ पाकिस्तानको लागि भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

३४२ सिट रहेको पाकिस्तानको राष्ट्रिय सभामा २७२ सिटको लागि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ भने ६० सिट महिलाको लागि र १० सिट धार्मिक अल्पसङ्ख्यकको लागि आरक्षण गरिएको छ । निर्वाचनमा एउटै पार्टीले बहुमत ल्याउने सम्भावना धेरै कम भएकाले गठबन्धन सरकार बन्ने सम्भावना देखिन्छ ।

संघीय र प्रान्तीय सबै गरी ८४९ सिटको लागि भएको निर्वाचनमा जम्मा ११ हजार ६७३ उम्मेदवारले भाग लिएका छन् । जसमध्ये ३,४२८ राष्ट्रिय सभाको लागि र ८,२४५ प्रान्तीय सभाको लागि मैदानमा उत्रिएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago