आँबुखैरेनीमा सवारी दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, अन्य ३ जना घाईते ।।

आँबुखैरेनी, १२, असार । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१,बरादी पूलमा आज दिउँसो सवारी दुर्घटना ग्रस्त हुँदा ४ जनाको मृत्यु भएको छ, भने अन्य ३ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सन्तोष रोक्काका अनुसार, आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ग. १ ख. ३१७३ नम्बरको बस, बिपरित दिशाबाट आउदै गरेको बा. १७ च. १८१४ नम्बरको भ्यान र सोही दिशाबाट आउदै गरेको ग. ५ प. १९४४ नम्बरको मोटरसाईकल दिउँसो साढे २ बजेको समयमा एक आपसमा ठक्कर खाँदा ४ जनाको ज्यान गएको र अन्य ३ जना घाईते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा मोटरसाईकल चालक आँबखैरेनी गाउँपालिका–४, का २६ वर्षिय दिल बहादुर मगर, भ्यानमा सवार कुश्मा नगरपालिका–९, का २५ वर्षिय कमल लामिछाने, सोही स्थानकी ३ वर्षिय ममता लामिछाने र आँबु गाउँका नुन बहादुर खवासको ज्यान गएको हो । दुर्घटनामा परि घाईते भएका भरतपुर महानगरपालिका–६ का २० वर्षिय सरु पाठकको मणिपाल शिक्षण अस्पताल पोखरामा र कुश्मा नगरपालिका–९ की ३० वर्षिय पार्वती लामिछाने र कुश्मा नगरपालिका–९ की ३० वर्षिय पार्वती लामिछाने र २४ वर्षिय गुरुदत्त तिवारीको छिम्केश्वरी जनरल अस्पताल आँबुखैरेनीमा उपचार भैरेहेको प्रहरीले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago