रबिन्द्र गोरखा १३
नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । यसमा पुरानोभन्दा केही विशेष परिवर्तनहरु गरिएका छन् । आकार भने साविककै कायम गरिएको छ । यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ थिए । अहिले दुई वटा पाटे बाद्दको सट्टामा एउटा मात्रै राखिएको छ ।
नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालर दायाँतर्फ दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ । नोटमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत राखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ । ३.५ मिलिमिटर चोडा भएको र नोटलाई सिधा हेर्दा रातो रङ तथा ढल्काएर हेर्दा हरियो रङ देखिने गरी सुरक्षण धागो पनि राखिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र छ । साथै लालीगुराँसको पानी छापको बायाँतर्फ दृष्टिविहीनले छापेर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि छन् ।
नोटको पछाडितर्फको माथिल्लो भागमा अंग्रजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने बीच भागमा एउटा पाटेबाघको चित्र छ । नोटको तल्लो भागमा अंग्रेजीमा रुपीज फाइभ हन्ड्रेड लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१६ एडी लेखिएको राष्ट्रबैंकले जानकारी दिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…