नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा

रबिन्द्र गोरखा १३

नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । यसमा पुरानोभन्दा केही विशेष परिवर्तनहरु गरिएका छन् । आकार भने साविककै कायम गरिएको छ । यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ थिए । अहिले दुई वटा पाटे बाद्दको सट्टामा एउटा मात्रै राखिएको छ ।

नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालर दायाँतर्फ दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ । नोटमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत राखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ । ३.५ मिलिमिटर चोडा भएको र नोटलाई सिधा हेर्दा रातो रङ तथा ढल्काएर हेर्दा हरियो रङ देखिने गरी सुरक्षण धागो पनि राखिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र छ । साथै लालीगुराँसको पानी छापको बायाँतर्फ दृष्टिविहीनले छापेर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि छन् ।

नोटको पछाडितर्फको माथिल्लो भागमा अंग्रजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने बीच भागमा एउटा पाटेबाघको चित्र छ । नोटको तल्लो भागमा अंग्रेजीमा रुपीज फाइभ हन्ड्रेड लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१६ एडी लेखिएको राष्ट्रबैंकले जानकारी दिएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago