रबिन्द्र गोरखा १३
गोरखा कारागारका कैदीबन्दीहरूले विभिन्न माग राख्दै कारागारमा तालावन्दी गरेका छन् । उनीहरूले कारागारको भित्री ढोकामा २ वटा ताला लगाएर धर्ना दिएका हुन् ।कारागारको आन्तरिक व्यवस्थापनमा खटिने नाईके र सहनाईकेले दमन गरेको विरोधमा ताला लगाउनु परेको बन्दीहरूका तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा उल्लेख छ ।
कारागारको बाहिरी प्रशासन हेर्ने सरकारी कर्मचारी खटिने भए पनि भित्री व्यवस्थापनको काम कैदी वन्दीबाटै छानिएका चौकीदार, नाइके र सहनाइकेले गर्दै आएका छन् ।कारागारका ४ नाइके र ८ सहनाइकेले भित्री नियम लगाउने वाहानामा अनावश्यक दमन गरेको कैदीवन्दीको आरोप छ । उनीहरूले टेलिफोन गर्दा बढी शुल्क लिएको, कैदीवन्दीले प्रयोग गर्ने सरसामानको पनि शुल्क उठाएको, बन्दीहरूबाट खडा गरिएको कोषको रकम दुरुपयोग भएकोलगायत कुरा समेटेर प्रजिअलाई पत्र लेखेका छन् ।
कैदीबन्दीले कारागारमै तालावन्दी गरेपछी प्रशासन र प्रहरीको सहयोगमा कारागार प्रशासनले वार्ता थालेको छ । ‘बन्दीकातर्फबाट ५ जना प्रतिनिधिलाई वर्ताका लागि बाहिर बोलाएका थियौँ तर उहाँहरू बाहिर आउन मान्नु भएन ।’ कारागार प्रमुख शशिधर सुबेदीले भन्नू भयो, ‘अब कारागार भित्रै वार्ता हुन्छ ।’कैदीवन्दीले लगाएका आरोपबारे कारागार प्रशासनलाई केही थाहा नभएको उहाले बताउनुभयो । गोरखा कारागारमा १ शय १ थुनुवा र कैदीवन्दी रहेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…