गोरखा कारागारका कैदीबन्दीहरूले विभिन्न माग राख्दै कारागारमा तालावन्दी

रबिन्द्र गोरखा १३

गोरखा कारागारका कैदीबन्दीहरूले विभिन्न माग राख्दै कारागारमा तालावन्दी गरेका छन् । उनीहरूले कारागारको भित्री ढोकामा २ वटा ताला लगाएर धर्ना दिएका हुन् ।कारागारको आन्तरिक व्यवस्थापनमा खटिने नाईके र सहनाईकेले दमन गरेको विरोधमा ताला लगाउनु परेको बन्दीहरूका तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा उल्लेख छ ।

कारागारको बाहिरी प्रशासन हेर्ने सरकारी कर्मचारी खटिने भए पनि भित्री व्यवस्थापनको काम कैदी वन्दीबाटै छानिएका चौकीदार, नाइके र सहनाइकेले गर्दै आएका छन् ।कारागारका ४ नाइके र ८ सहनाइकेले भित्री नियम लगाउने वाहानामा अनावश्यक दमन गरेको कैदीवन्दीको आरोप छ । उनीहरूले टेलिफोन गर्दा बढी शुल्क लिएको, कैदीवन्दीले प्रयोग गर्ने सरसामानको पनि शुल्क उठाएको, बन्दीहरूबाट खडा गरिएको कोषको रकम दुरुपयोग भएकोलगायत कुरा समेटेर प्रजिअलाई पत्र लेखेका छन् ।

कैदीबन्दीले कारागारमै तालावन्दी गरेपछी प्रशासन र प्रहरीको सहयोगमा कारागार प्रशासनले वार्ता थालेको छ । ‘बन्दीकातर्फबाट ५ जना प्रतिनिधिलाई वर्ताका लागि बाहिर बोलाएका थियौँ तर उहाँहरू बाहिर आउन मान्नु भएन ।’ कारागार प्रमुख शशिधर सुबेदीले भन्नू भयो, ‘अब कारागार भित्रै वार्ता हुन्छ ।’कैदीवन्दीले लगाएका आरोपबारे कारागार प्रशासनलाई केही थाहा नभएको उहाले बताउनुभयो । गोरखा कारागारमा १ शय १ थुनुवा र कैदीवन्दी रहेका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago