राष्ट्रिय फोटो पत्रकारिता दिवसमा तनहुँमा बिबिध कार्यक्रम गरिने

दमौली , १२ बैसाख । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०७५ को अवसरमा नेपाल फोटो पत्रकार महासंघ(एनएफपीजे)ले बैसाख १३ गते देशैभर विविध कार्यक्रम गरि मनाईने भएको छ । “सत्य समाचार, फोटोपत्रकारिता नै अन्तिम आधार” भन्ने नाराका साथ विभिन्न रचनात्मक कार्यक्रमहरु जस्तै फोटोपत्रकारिता अवार्ड, प्रभातफेरि, अन्तरकृया , फोटो प्रदर्शनी, चियापान तथा सामाजिक सेवा लगायतका कार्यक्रमहरूको आयोजना गरि देशैभरि आयोजना गरि मनाउन लागेको नेपाल फोटो पत्रकार महासंघले जनाएको छ ।

यसै सन्र्दभमा तनहुँ शाखाले विविध कार्यक्रम गर्ने भएको छ । व्यास नगरपालिका ५ थापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा भोली विहान ८ बजे फोनिजका केन्द्रीय सदस्य मिला दरैलाई सम्मान , प्रभातफेरि तथा फलपूmल वितरण कार्यक्रम राखिको नेपाल फोटो पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनु भयो ।

खासगरि यस दिवस मनाउने जिम्मेवारी फोटोपत्रकारहरुको रहेकाले कृपया जोजहा जस्तो अवस्थामा हुनुहुन्छ यस दिनलाई फोटो पत्रकार साथिहरु तथा हाम्रो अविभावक सस्था नेपाल पत्रकार महासंघका अग्रज पत्रकार, राजनैतिक ब्यक्तित्वहरु , सरकारका विभिन्न निकायका प्रमुखहरु, विद्यार्थी लगायतलाई उपस्थितीको लागि अध्यक्ष नहर्कीले आग्रह गर्नु भएको छ ।

भोलीको कार्यक्रमको प्रमुख अतिथिमा व्यासनगरपालिकाका प्रवत्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र विशिष्ट अतिथिमा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य हुनुहुन्छ । नेपालको जेठो प्रकाशन सस्था गोरखापत्रमा विस १९८४ साल बैसाख १३ गते पहिलो पटक फोटो छापिएको थियो । विरगंज निवासी स्थानीय सुर्यमती श्रेष्ठले आफ्नो कपासको बगैंचामा चर्खाले धागो काटिरहेको छापिएको थियो । त्यसै दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईन्छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago