रसुवागढी नाकामा बन्यो एकीकृत चेकपोस्ट

नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोस्ट निर्माण गरिएको छ। भूकम्पले सीमामा रहेका कार्यालयहरु ध्वस्त भएसँगै ३२ महिनापछि सीमा नाकामा प्रिफ्याबको एकीकृत चेकपोस्ट निर्माण गरिएको हो।

निर्माण गरिएको भवनको शुक्रबार ६६औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले उद्घाटन गरे।

भन्सार सुधार कार्यक्रम अन्तर्गत १ करोड ७ लाखको लागतमा ३ कोठे प्रिप्mयाब भवन निर्माण गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख धिर फडेराले बताए।

निर्माण गरिएको भवनमा अध्यागमन, भन्सार र सुरक्षा निकायका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने भन्सार प्रमुख गोपाल कोइरालाले बताए। उनले भने एक–एक वटा कोठामा अध्यागमन, भन्सार र सुरक्षाकर्मी रहनेछन्।

सीमामा एकीकृत चेकपोस्ट निर्माण भएसँगै यात्रुलाई सहज हुने कोइरालाले बताए। उनले भने, ‘यात्रुलाई सजिलोका लागि एकीकृत चेकपोस्ट निर्माण गरेका हौं। अब थोरै सामान ल्याउँदा, त्यसको भन्सार शुल्क पनि सीमामै तिर्न सकिनेछ।’

यसअघि, सीमामा एकीकृत चेकपोस्ट नहुँदा २ किलोमिटर हिँडेर सेवा लिन यात्रुहरु वाध्य थिए।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago