मरेका माछाको व्यवस्थापन नहुँदा कमलपोखरी क्षेत्र दुर्गन्धित

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेका अधिकांश माछा मरेका छन् । एक्कासि मर्नुको कारण स्पष्ट नभएपनि मरेका माछाको व्यवस्थापन नगरिँदा सो क्षेत्र अत्यन्तै दुर्गन्धित छ । दुर्गन्धकै कारण आवत–जावत गर्नेहरु नाम थुनेर हिड्न बाध्य छन् ।

मरेका माछाको दुर्गन्धका कारण कमलपोखरी आसपास यसरी नाकै थुनेर हिड्नुपर्ने बाध्यता छ । झण्डै दस दिन पहिलेदेखि यहाँका माछा एक्कासी मर्न थालेका हुन् । पोखरीको भित्तादेखि पेटिसम्म मरेका माछा असरल्ल छोडिएको छ । मरेका माछा कुकुर र कागले जताततै पु¥याएका छन ।

माछा किन मरे भन्नेमा चासो नदिएको काठमाडौं महानगरपालिकाले मरेका माछाको व्यवस्थापनमा झन किन चासो दिन्थ्यो ?

भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुननिर्माण गर्नुपर्ने भएपछि २०७३ को मंसिरमा त्यहाँका २५ ड्रमजति माछा यो कमलपोखरी सारिएको थियो । सार्ने बेलैमा केही मरेपछि अहिंसावादीले माछाको जीवनरक्षाको माग गरेका थिए ।

एक बर्षसम्म जीवितै रहेका माछा एक्कासी किन मर्न थाले भन्नेबारे अध्ययन भएको छैन । साँधुरो र थोरै पानी भएको क्षेत्रमा अधिक संख्या भएपछि एक्कासी मर्न थालेको हुनसक्ने पोखरीको व्यवस्थापकीय जिम्मेवारी लिएको कमलपोखरी स्पोटर्स क्लबको अनुमान छ ।

बढ्दै गएको आकारले ठाउँ साँधुरो बनाउदा र पोखरीको सरसफाई नगरिँदा माछा मर्न थालेको हुनसक्ने स्थानीयको पनि अनुमान छ । कमलपोखरीमा कति माछा थिए र अहिलेसम्म कति मरे भन्ने यकिन तथ्यांक भने छैन ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago