१२ माघ, काठमाडौं । शिवम् न्यु डायमण्ड एकेडेमीको आयोजना तथा शिवम् सिमेन्टको मुख्य प्रायोजनमा प्रथम शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुनेे भएको छ ।
नेपालका चर्चित टिमका राष्ट्रिय स्तरका खेलाडीले कला कौशल प्रदर्शन गर्ने नयाँ खेलाडीले आफ्नो प्रतिभा उजागर गर्ने प्रतियोगिता माघ २१ देखि २३ गते सम्म संचालन हुने छ ।
लिगकम नकाउटका आधारमा खेलाईने प्रतियोगिताका सहभागि ६ टिमलाई दुई समूहमा बिभाजन गरिने छ । ढोरपाटन महिला डबल लिगको १३ औ सस्करणका उत्कृष्ट ६ स्थान हासिल गर्ने टिमले भलिबल प्रतियोगितामा सहभागिताका लागि अनुमति पाउने छन् ।
न्यु डायमण्ड एकेडेमी र शिवम् सिमेन्ट बीच भएको एक बर्षे सम्झौता अनुसार प्रतियोगिताका लागि मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टले ५ लाख उपलब्ध गराउने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५१ हजार, द्धितिय पुरस्कार १ लाख १ हजार,तृतीय पुरस्कार ५१ हजार तथा चौथो पुरस्कार २१ हजार रहेको छ ।
त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी १० हजार नगद र आर्कषक ट्रपि|m प्राप्त गर्नेछन् । बिधागततर्फ उत्कृष्ट स्पाइकर , उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनहि ५ हजार, ट्रफि प्राप्त गर्ने छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…