शीतलहर प्रभावितलाई सूर्य लाइफ इन्स्योरेन्सद्वारा न्यानो कम्बल

सूर्य लाइफ इन्स्योरेन् कपिलवस्तुले ७५ शीतलहर पीडित घरपरिवारलाई न्यानो कम्बल वितरण गरेको छ । इन्स्योरेन्सले जिल्लाको महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका अति विपन्न शीतलहर प्रभावित परिवारलाई कम्बल वितरण गरेको हो । चिसोबाट निकै कष्टकर जीवन विताइरहेका अति विपन्न, असहाय, जेष्ठ नागरिकलाई न्यानो प्रदान गरिएको शाखा प्रबन्धक श्यामप्रसाद सुवेदीले जानकारी दिए ।
कम्बल वितरण कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. २, प्रदेशसभा १ का विधायक दीर्घनारायण पाण्डेयले सूर्य लाइफ इन्स्योरेन्सले चालेको कदम निकै प्रशंसनीय रहेको उल्लेख गरे । विधायक पाण्डेयले यस किसिमको न्यानो अभियानलाई निरन्तरता दिनुपर्ने आग्रह गरे । न्यानो अभियान कार्यक्रमका सहभागी महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले गरीब, विपन्न र असहाय परिवारका लागि न्यानो अभियान बरदान नै सावित भएको बताए ।
त्यस्तै कार्यक्रममा स्रोतव्यक्ति हरिराम गुप्ता, वडाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेय, समाजसेवी मेराज खान लगायतले दयनीय अवस्था भएका परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago