ओलीलाई दिल्लीमा रातो कार्पेट विच्छ्याउने तयारी

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्‍नु पूर्व नै उनीसँग पहिले चिसिएको सम्बन्ध सुधारका लागि चासो देखाउन थालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रतिनिधित्व गर्दै विदेशमन्त्री सुषमा स्वराज दुई दिनका लागि नेपाल आउँदैछन्। आगामी माघ १८ गते स्वराज काठमाडौं आउने जानकारी उच्च राजनीतिक श्रोतबाट प्राप्त भएको छ।

माघ ७ गते मोदीले टेलिफोनमार्फत अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा पहिलो विदेश यात्रामा दिल्ली आउन निमन्त्रणा दिने क्रममा त्यसको प्रारम्भिक तयारी स्वरुप स्वराजलाई छिट्टै काठमाडौं पठाउने बताएका थिए।

स्वराजको यात्रा मितिबारे एमाले उच्च नेतृत्वलाई भारतीय दूतावासमार्फत अनौपचारिक जानकारी दिएको पनि श्रोतले बताएको छ। त्यसअनुसार स्वराज दुई दिनका लागि १८ गते आउँदैछन्।

मोदीको निमन्त्रणाको प्रतिउत्तरमा ओलीले भारतीय प्रधानमन्त्रीलाईनै पहिले नेपाल भ्रमण गर्न आग्रह गर्दैै पहिले उनी जान चाहेका तर जान नसकेका जनकपुर, लुम्बिनी र मुक्तिनाथ लगायत तीर्थस्थलमा भ्रमण गराउन आफू आतुर रहेको पनि बताएका थिए।

दुई वर्षअघि संविधान जारी भएपछि मोदी सरकारले नेपालमा पाँच महिनासम्म लगाएको आर्थिक नाकाबन्दी र त्यसको प्रतिक्रियास्वरुप ओलीद्वारा भारतको आलोचनासँगै चीनसँगको बढाएको निकटताका कारण यसपल्टको निर्वाचनपछि उनको विजयलाई लिएर भारतमा बढ्दो आशंकाकै बीच मोदीले नयाँ सरकार गठन पूर्व नै यो अस्वाभाविक कूटनीतिक पहल सुरु गरेका छन्।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago