ओलीलाई दिल्लीमा रातो कार्पेट विच्छ्याउने तयारी

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्‍नु पूर्व नै उनीसँग पहिले चिसिएको सम्बन्ध सुधारका लागि चासो देखाउन थालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रतिनिधित्व गर्दै विदेशमन्त्री सुषमा स्वराज दुई दिनका लागि नेपाल आउँदैछन्। आगामी माघ १८ गते स्वराज काठमाडौं आउने जानकारी उच्च राजनीतिक श्रोतबाट प्राप्त भएको छ।

माघ ७ गते मोदीले टेलिफोनमार्फत अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा पहिलो विदेश यात्रामा दिल्ली आउन निमन्त्रणा दिने क्रममा त्यसको प्रारम्भिक तयारी स्वरुप स्वराजलाई छिट्टै काठमाडौं पठाउने बताएका थिए।

स्वराजको यात्रा मितिबारे एमाले उच्च नेतृत्वलाई भारतीय दूतावासमार्फत अनौपचारिक जानकारी दिएको पनि श्रोतले बताएको छ। त्यसअनुसार स्वराज दुई दिनका लागि १८ गते आउँदैछन्।

मोदीको निमन्त्रणाको प्रतिउत्तरमा ओलीले भारतीय प्रधानमन्त्रीलाईनै पहिले नेपाल भ्रमण गर्न आग्रह गर्दैै पहिले उनी जान चाहेका तर जान नसकेका जनकपुर, लुम्बिनी र मुक्तिनाथ लगायत तीर्थस्थलमा भ्रमण गराउन आफू आतुर रहेको पनि बताएका थिए।

दुई वर्षअघि संविधान जारी भएपछि मोदी सरकारले नेपालमा पाँच महिनासम्म लगाएको आर्थिक नाकाबन्दी र त्यसको प्रतिक्रियास्वरुप ओलीद्वारा भारतको आलोचनासँगै चीनसँगको बढाएको निकटताका कारण यसपल्टको निर्वाचनपछि उनको विजयलाई लिएर भारतमा बढ्दो आशंकाकै बीच मोदीले नयाँ सरकार गठन पूर्व नै यो अस्वाभाविक कूटनीतिक पहल सुरु गरेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago