टोकियो अगस्ट २६ बिस्वास आचार्य ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रमको तयारी तिब्र गरेको छ ।
समाजले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा गर्ने उक्त कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक प्रकाश सपूत, गायीका मुना थापा,चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुशील ज्ञवाली,गायक चेतन घर्ती ,गायक अमित सापकोटाको प्रस्तुति रहने अायोजकले बताएको छ ।
कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनका लागि नेपाल फेस्टिबलबाट कलाकार भएको पोस्टर सहित कार्यक्रमको बिभिन्न स्टलहरुमा पुगेर सामुहीक फोटो खीची सबै लाई निम्तो दिदै प्रचार प्रसार गरेको छ । नेपालबाट अामन्त्रीत कलाकारहरुको भिषाको व्यवस्था पूरा भएको नवलपरासी समाज जापानका सदस्य तथा गायक सुशील ज्ञवालीले जानकारी दिनुभयो ।
टोकीयोमा छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई कार्यक्रममा उपस्थीत भई कार्यक्रम सफल पारिदिन कार्यक्रम संयोजक गोपाल कंडेल तथा समस्त नवलपरासी समाज जापानले हार्दिक अनुरोध समेत गरेको छ ।
त्यसै गरी गतबर्ष पनि तिज धमका कार्यक्रम सफल गराएको स्मरण गर्दै यो पटक पनि सबै मिलेर कार्यक्रमलाई भव्य रुपमा सफल गराउनु हुने कुरा मा आफु बिस्वस्थ रहेको भन्दै कार्यक्रम सफल बनाउन कार्यक्रमका स संयोजक अमर के सिले जापानबासी नेपालीहरुलाई आब्हान गर्नु भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…