ललितपुर,९ भदौ । नेपालको आदिवासी जनजाति मध्ये पहरी समुदायको कला संस्कृति र पहिचान लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले नेपाल पहरी बिकास संघ र बहुउदेश्य अनुसन्धान् केन्द्रको संयुक्त आयोजनामा ललितपुर बडीखेल कोड्कु हाल गोनपा चारमा पुखौदेखी बसोबास गरीरहेका पहरी जातिको पहिचान सिप हाम्रो सान,पहरी जातिको सम्मान भन्ने नाराका साथ शुक्रवार र शनिवार ललितपुरको लगनखेलमा सुरु भएकोछ ।
कार्यक्रम मा प्रदेश नं ३ को सभामुख सानु कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता रप्रदेश सांसदहरू लाल कुमारी पुन , राजकाजी महर्जन , चेतनाथ संजेल ,गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको बिशेष आतिथ्यता र विभिन्न व्यक्तिहरूको उपस्थितिमा दुई दिने पहरी जातिको पुर्खौली देखी गर्दै आएको परम्परागत बेतबाँसमा आधारित हष्तकला सिपको बिकास र सम्बर्धन गर्न प्रर्दशनी सुरु भइ आज शनिवारसम्म चल्ने भएको छ ।
पर्दशनीमा वाँसबेदमा आधारित नालों,डालो,फ़ोटो फिरेम,ढकी,कुर्सी लगाएतको सामग्री पर्दशनीमा राखीएको छ । उक्त पर्दशनीले पहरी समुदाय र यस बाँसबेद्संग आधारित परिवारलाई टेवा पुग्ने र यस पेशालाई आधुनिकीकरण गरी व्यावसायिक रूपमैं गर्न सहयोग पुग्ने पहरी संघका अध्यक्ष मुकुन्द पहरीले बताउनु भयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…