बेतबाँसमा आधारित हष्तकला पहरी समुदायको प्रर्दशनी

ललितपुर,९ भदौ । नेपालको आदिवासी जनजाति मध्ये पहरी समुदायको कला संस्कृति र पहिचान लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले नेपाल पहरी बिकास संघ र बहुउदेश्य अनुसन्धान् केन्द्रको संयुक्त आयोजनामा ललितपुर बडीखेल कोड्कु हाल गोनपा चारमा पुखौदेखी बसोबास गरीरहेका पहरी जातिको पहिचान सिप हाम्रो सान,पहरी जातिको सम्मान भन्ने नाराका साथ शुक्रवार र शनिवार ललितपुरको लगनखेलमा सुरु भएकोछ ।

कार्यक्रम मा प्रदेश नं ३ को सभामुख सानु कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता रप्रदेश सांसदहरू लाल कुमारी पुन , राजकाजी महर्जन , चेतनाथ संजेल ,गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको बिशेष आतिथ्यता र विभिन्न व्यक्तिहरूको उपस्थितिमा दुई दिने पहरी जातिको पुर्खौली देखी गर्दै आएको परम्परागत बेतबाँसमा आधारित हष्तकला सिपको बिकास र सम्बर्धन गर्न प्रर्दशनी सुरु भइ आज शनिवारसम्म चल्ने भएको छ ।

पर्दशनीमा वाँसबेदमा आधारित नालों,डालो,फ़ोटो फिरेम,ढकी,कुर्सी लगाएतको सामग्री पर्दशनीमा राखीएको छ । उक्त पर्दशनीले पहरी समुदाय र यस बाँसबेद्संग आधारित परिवारलाई टेवा पुग्ने र यस पेशालाई आधुनिकीकरण गरी व्यावसायिक रूपमैं गर्न सहयोग पुग्ने पहरी संघका अध्यक्ष मुकुन्द पहरीले बताउनु भयो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago