२४ घन्टे सर्वोच्चको आदेश , बालकृष्ण ढुंगेललाई किन माफी ?

जेठ ११, २०७५ ,काठमाडौं –
सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी दिने भनी गरिएको तयारीका विषयमा जानकारी गराउन आदेश गरेको छ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढुंगेललाई माफी दिनुको कारणसहित २४ घन्टाभित्र अदालत उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको हो। शनिबार सार्वजनिक बिदाको दिन भएकाले सर्वोच्चले आइतबार दुवै पक्षको छलफलको मिति इजलासबाट तोकेको हो।

सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएका व्यक्तिलाई गणतन्त्र दिवसको दिन माफी दिनुको कारण लिखित रुपमा पेस गर्नसमेत भनेको छ।

यो पनि : नेता बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरी छाड्ने तयारी

सर्वोच्चले आइतबार कैद माफी दिनुपर्ने वा नपर्ने विषयमा थप छलफल गर्न सरकारी पक्षलाई समेत अदालत उपस्थित भई जानकारी गराउन भनेको छ।

ढुंगेललाई जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध सर्वोच्चमा अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। बिहीबार अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो।

माफीको प्रक्रिया रोक्न माग गर्दै रिट दायर भएकाले अदालतले मुद्दालाई प्राथमिकता दिँदै आइतबार नै दोस्रो सुनुवाइको पेशी राखेको हो। कैद माफीको प्रक्रिया गैरकानुनी भएको रिटमा दाबी गरिएको छ।

यो पनि : बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदीलाई सजाय माफ गरी छाड्न सिफारिस

सरकारले ढुंगेलसहित करिब ८ सय ५० कैदीलाई कैदी माफी दिई गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको छ। त्यसका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयमा सूचीसमेत पठाइसकेको छ। सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरेमा ढुंगेलको आममाफी रोकिनेछ।

यसअघि बाबुराम भट्टराई सरकारले पनि माफी दिन खोज्दा सर्वोच्चले नै रोकेको थियो। तत्कालीन समयमा उनी अदालतको आदेश अटेर गरेर फरार रहेका थिए। तर अहिले थुनामा रहेको भन्दै सरकारले माफी दिन लागेको हो।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago