रबिन्द्र गोरखा , १२ बैंशाख
०७२ साल वैंशाख १२ को बिनाशकारी भुकम्पमा दिवगंत भएकाहरुको सम्झनामा तनऊ आँबुखैरेनी चोकमा आज साँझ दीप प्रज्जवलन गरिएको छ । लायन्स क्लब अफ आँबुखैरेनी सिटीको आयोजनामा विनाशकारी भुकम्पबाट दिवगंत भएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै साँझ साढे ७ : ३० बजे दीप प्रज्जवलन गरिएको सिटीका अध्यक्ष लायन रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । दीप प्रज्जवलन कार्यक्रममा आँबुखैरेनीबासीहरुको बाक्लो उपस्थिती रहेको र दिवगंत भएकाहरुको सम्झनामा १ मिनेट मौंन धारण समेत गरिएको सिटीले जनाएको छ । दीप प्रज्जवलन कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, लायन्स क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष लायन रत्नकुमार श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…