काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको पाँच वर्ष वामपन्थीहरुका लागि अवसर र चुनौती दुवै भएको बताएका छन्। रुपन्देहीको देवदहमा व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष जनताले यसपाली चुनावमा वामपन्थीहरुलाई विश्वास गरी राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा अवसर दिएको बताए।
‘जनताले निकै ठूला अपेक्षा गरेका छन्। राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरि पनि अवसर आउनेछ। सक्छौं कि सक्दैनौं ? यो हाम्रा लागि चुनौती पनि हो’, उनले भने। अध्यक्ष दाहालले अब विकास र सुशासनको विकल्प नभएकाले वामपन्थीले चुनौती पूरा गर्न सक्नैपर्नेमा जोड दिए।
पर्यटन विकासको सन्दर्भमा दाहालले देवदह गौतम बुद्धको मावलीघर पनि भएको भन्दै थपे, ‘हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनको विकास गर्नेछौं। देवदहमा बौद्ध विश्वविद्यालयको स्थापनामा मेरो पूरै सहयोग रहनेछ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…