काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको पाँच वर्ष वामपन्थीहरुका लागि अवसर र चुनौती दुवै भएको बताएका छन्। रुपन्देहीको देवदहमा व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष जनताले यसपाली चुनावमा वामपन्थीहरुलाई विश्वास गरी राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा अवसर दिएको बताए।
‘जनताले निकै ठूला अपेक्षा गरेका छन्। राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरि पनि अवसर आउनेछ। सक्छौं कि सक्दैनौं ? यो हाम्रा लागि चुनौती पनि हो’, उनले भने। अध्यक्ष दाहालले अब विकास र सुशासनको विकल्प नभएकाले वामपन्थीले चुनौती पूरा गर्न सक्नैपर्नेमा जोड दिए।
पर्यटन विकासको सन्दर्भमा दाहालले देवदह गौतम बुद्धको मावलीघर पनि भएको भन्दै थपे, ‘हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनको विकास गर्नेछौं। देवदहमा बौद्ध विश्वविद्यालयको स्थापनामा मेरो पूरै सहयोग रहनेछ।’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…