माघ ११, । भारतमा पेट्रोलियम पदार्थको भाउ बिहीवार पनि बढेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भएको वृद्धि र घरेलु बजारमा इन्धनको माग बढ्दा केही दिनयता पेट्रोलियम पदार्थको भाउ बढिरहेको हो ।
उक्त दिन राजधानी दिल्लीमा डिजेल र पेट्रोलको भाउ बढेर ताजा उचाईमा पुगेका थिए । पेट्रोलको भाउ प्रतिलिटर ७२ रुपया ४९ पैसामा पुगेको छ । यो सन् २०१४ को अगष्टयताकै उच्च भएको इन्डियन आयल कर्पोरेशन (आईओसी)को तथ्याङ्कले देखाएको छ ।
कोलकत्ता, मुम्बई र चेन्नईमा पनि भाउ क्रमशः ७५ रुपया १९ पैसा, ८० रुपया ३९ पैसा र ७५ रुपया १८ पैसा पुगेका छन् । यो सबै तीन वर्षकै उच्च बिन्दु हो । उता, डिजेलको भाउले एक हप्ता नबित्दै नयाँ उचाई छोएको छ ।
राजधानी दिल्लीमा डिजेलको भाउ प्रतिलिटर ६३ रुपया ५३ पैसामा पुगेको छ । कोलकता, मुम्बई र चेन्नईमा पनि यो क्रमशः ६६ रुपया २० पैसा, ६७ रुपया ६५ पैसा र ६७ रुपया पुगेको आईओसीले बताएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…