चीनमा समुन्द्र माथि बन्यो विश्वको सबैभन्दा लामो पुल हङकङ–झुहेई–मकाउ मंगलबार आधिकारिक रुपमा खुल्ला गरिएको छ । ५५ किलोमिटर लामो यो पुल हङकङलाई चिन मकाउ र झुहेई शहरसँग जोड्नेछ । चीनीया राष्ट्रपति शी जिनपिंगले झुहेई मा आयोजीत एक विशेष कार्यक्रमम यसको उद्धघाटन गरेका थिए । पुललाई सामान्य यातायातको लागी बुधबारबाट खोलीएको छ ।
३ घण्टाको यात्रा ३० मिनेटमा
पुल शुरु भए पश्चात चीनबाट हङकङ पुग्नलाई ३ घण्टाको ठाउँमा केबल ३० मिनेट लाग्नेछ । यो पुल दक्षिण चीन सागरमा रहेको पर्ल नदिको पुर्वी र पश्चिमी किनारालाई जोड्नेछ । यसको निर्माण २००९ मा शुरु भएको थियो ।
केही भाग सुरुङमा
यो पुल ६ लेनको छ र यसको केही भाग सुरुङमा पर्छ । यो २२.९ किमि समुन्द्र भएर जान्छ भने ६.७ किमि सुरुङबाट जान्छ । यो सुरुङको गहिराई ४.४ मिटर रहेको छ ।
विशेषता
– २० अरब डलर खर्च भयो निर्माणमा
– ८० हजार टन रहेको छ पुलको वजन
– ०४ लाख टन स्टीलको प्रयोग
– ११.४ मिटर अग्लो छ यो पुल
– ८ रेक्टर स्केलको भुकम्प सम्म थेग्न सक्छ पुलले
फोटोहरु
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…