जापान अगस्ट २४ , बिस्वास आचार्य । भोली अगस्ट २५ र २६ मा जापानको राजधानी टोकियोको कोमाजावा ओलम्पिक पार्क मा सुरु हुन गएको नेपाल फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एनआरएन जापान र नेलाली राजदूतावास जापानको तर्फबाट पत्रकार सम्मेलन गरी जानकारी दियो ।
नेपाल फेस्टिवलको २०१८ को तयारी को जानकारी दिन आयोजनास्थलमा गरिएको पत्रकार सम्मेलनमा फेस्टिवलको सम्पूर्ण तयारी अन्तिम चरण पुगेको आयोजक समितिको तर्फबाट संयोजक देबिलाल भण्डारी ले जानकारी दिनुभयो । त्यस्तै फेस्टिबल सफल बनाउन राजदूतावास जापानको तर्फबाट नेपाली दुतावास उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल ले सम्पूर्ण जापानबासी नेपालीहरुमा उपस्थितिका लागि निमन्त्रणा गर्नुहुँदै यो आयोजना सम्पूर्ण जापानबासी नेपालीहरूको भएको बताउनुभयो ।
दुईदिनसम्म चल्ने फेस्टिबलका लागि नेपालबाट पहिलो नेपाल आइडल का कलाकारहरु समेत आइसक्नुभएको जानकारी दिनुभयो । त्यस्तै एनआरएन जापानको निमन्त्रणामा एनआरएन कोरियाको अध्यक्ष आउनुभएको र हङकङ एनआरएनको अध्यक्ष समेत आउने जानकारी गराउनुभयो
फेष्टिवलमा नेपाललाई चिनाउने विभिन्न किसिमका नेपाली मौलिक खाना , बाजागाजा र झाँकि निकालिने बताउदै आयोजनास्थलमा नेपालको बौद्ध स्तुपाको स्थापना गरिएको संयोजक ले बताउनु भयो । नेपालबाट आउनुभएको पहिलो नेपाल आइडल का कलाकारहरूको प्रस्तुति समेत कार्यक्रमको मुख्य आकर्षक रहनेछ । कार्यक्रम मा कलाकारहरुले जापानबासी सम्पुर्ण नेपालीहरुको उपस्थितिका लागि अनुरोध गर्नुभएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…