नेपाल फेस्टिवलको २०१८ को सम्पूर्ण तयारी पूरा

जापान अगस्ट २४ , बिस्वास आचार्य  । भोली अगस्ट २५ र २६ मा जापानको राजधानी टोकियोको कोमाजावा ओलम्पिक पार्क मा सुरु हुन गएको नेपाल फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एनआरएन जापान र नेलाली राजदूतावास जापानको तर्फबाट पत्रकार सम्मेलन गरी जानकारी दियो ।

नेपाल फेस्टिवलको २०१८ को तयारी को जानकारी दिन आयोजनास्थलमा गरिएको पत्रकार सम्मेलनमा फेस्टिवलको सम्पूर्ण तयारी अन्तिम चरण पुगेको आयोजक समितिको तर्फबाट संयोजक देबिलाल भण्डारी ले जानकारी दिनुभयो । त्यस्तै फेस्टिबल सफल बनाउन राजदूतावास जापानको तर्फबाट नेपाली दुतावास उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल ले सम्पूर्ण जापानबासी नेपालीहरुमा उपस्थितिका लागि निमन्त्रणा गर्नुहुँदै यो आयोजना सम्पूर्ण जापानबासी नेपालीहरूको भएको बताउनुभयो ।

दुईदिनसम्म चल्ने फेस्टिबलका लागि नेपालबाट पहिलो नेपाल आइडल का कलाकारहरु समेत आइसक्नुभएको जानकारी दिनुभयो । त्यस्तै एनआरएन जापानको निमन्त्रणामा एनआरएन कोरियाको अध्यक्ष आउनुभएको र हङकङ एनआरएनको अध्यक्ष समेत आउने जानकारी गराउनुभयो

फेष्टिवलमा नेपाललाई चिनाउने विभिन्न किसिमका नेपाली मौलिक खाना , बाजागाजा र झाँकि निकालिने बताउदै आयोजनास्थलमा नेपालको बौद्ध स्तुपाको स्थापना गरिएको संयोजक ले बताउनु भयो । नेपालबाट आउनुभएको पहिलो नेपाल आइडल का कलाकारहरूको प्रस्तुति समेत कार्यक्रमको मुख्य आकर्षक रहनेछ । कार्यक्रम मा कलाकारहरुले जापानबासी सम्पुर्ण नेपालीहरुको उपस्थितिका लागि अनुरोध गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago