कांग्रेसले लासको राजनीति गर्न खोज्यो प्रचण्ड

८ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी कांग्रेसले डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा चर्को आलोचना गरेका छन् ।

अनसनरत डा. गोविन्द केसीको काम नै अनसन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको भन्दै उनले कांग्रेसले आन्दोलन गरेकोमा आक्रोश पोखे ।

पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले डा. केसीको जीवन रक्षाको दायित्व सरकारको भएको बताए । उनले अघि भने, ‘तर, अर्को पक्ष गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत शायद उहाँको हत्या गर्न चाहन्छ, लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न खडा भएको छ ।’

उनले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको बताए । ‘तर, कांग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रश्न गरे, ‘कांग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’

आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली र आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमति गरौं भनेको सुनाउँदै उनले भने, ‘उहाँले डा. केसीलाई सहमति गरे हुन्छ । नभए हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।’
प्रचण्डले आफ्नो निष्कर्ष सुनाए, ‘यही बुद्धि हो भने कांग्रेस अब सिद्धियो । यो अवसानको बाटो हो ।’

हिजोका अधिकृतहरुलाई सडकमा उतार्दैमा सरकार र नेकपा कमजोर नहुने बरु, अझ शक्तिशाली हुने उनले बताए । आफूहरुले भर्खर पार्टी एकता गरेको र जनतामा जान बाँकी नै रहेको भन्दै उनले भने, ‘प्रतिक्रान्तिले निहँु खोज्न थालेको छ, भदौबाट अभियान छेड्नैपर्छ । जनताको तागत भनेको के हो देखाउनुपर्छ ।’

प्रचण्डले डा. केसीलाई ककसको घेरामा परिसकेँ भन्ने हेर्न पनि आग्रह गरेका छन् ।

उनले अनसन बसेको भरमा सबै माग पूरा नहुने पनि दावी गरे । ‘एउटा व्यक्तिको मागलाई मानिदिनुपर्ने हो भने संसद किन चाहियो ?’ उनले भने ‘बीचबीचमा एक दुई जनालाई अनसन बस्न लगाइदियौं । उसले जे भन्छ त्यही मानौं ।’

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago