नुवाकोट समाज जापानको तेस्रो अधिवेशन सर्वसम्मत नेतृत्व चयन सहित भव्य रुपमा सम्पन्न

टोकियो ।
तेस्रो अधिवेशन मार्फत नुवाकोट समाज जापानले हरि लामिछानेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । राजधानी टोकियोको सिनओकुबुमा भएको सम्मेलनले समाजका पूर्व सचिव रहेका लामिछानेलाई अध्यक्षमा चयन गर्दै उपाध्यक्षमा रामजंग कार्की र संगिता अधिकारीलाई नियुक्त गरेको छ ।

यसैगरि महासचिवमा दिपक घिमिरेलाई चयन गरेको अधिवेशनले सचिवमा सन्तोषी अधिकारी र कोषाध्यक्षमा भिमान सिं मोक्तानलाई सर्वसम्मत रुपमा चयन गरेको हो । नेपाल नुवाकोट जिल्ला घर भई जापानमा अध्ययन, पेशा, व्यवसाय तथा रोजगारको क्रममा रहेका नुवाकोटेहरुको भव्य उपस्थितिमा सम्पन्न भएको अधिवेशनले आफ्नो विधानमा सामान्य संशोधन सहित आगामी योजना र वार्षिक आर्थिक प्रतिवेदनलाई स्विकृत प्रदान गरेको थियो ।

नेतृत्व चयनमा केही पदहरुमा धेरै व्यक्तिको नाम परेपनि आपसी समझदारीमा एक बाहेकका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएपछि नेतृत्व चयन सहज ढंगबाट सर्वसम्मत भएको थियो ।
सन् २०१४ मा स्थापित नुवाकोट समाज जापानले तेस्रो अधिवेशन मार्फत हालको लागि दुई वर्षे कार्यकालको लागि २५ सदस्य समेत कार्यसमितिमा चयन गरेको छ ।

जसमा दिपक थापा, राजु तिवारी, शिवराम ढकाल, सरदराज लामिछाने, केशव भट्ट, भानुभक्त आचार्य, गोकर्ण अधिकारी, अर्जुन अधिकारी, अशोक खतिवडा, रामशरण धमला, बिजय कोइराला, मन्दिरा उप्रेती, गौरवजंग कार्की, विज्ञान उप्रेती, मिलन राई, सजना थपलिया, ठाकुर तामागं, विश्व जिसी, अच्युत लोहनी, अर्जुन बगाले फुकुओका, सोभितसिंग तामागं, सम्पूर्ण अधिकारी, मोहन केसी, विश्वराज अधिकारी र सुजन फुयाँल रहनुभएको छ ।

जापानमा व्यवसायीको रुपमा समेत परिचित संस्थाका निर्वतमान सचिव हरि लामिछानेले नुवाकोट समाज जापानको अध्यक्ष चयनपछि बोल्दै संस्थालाई नुवाकोट जिल्लाबाट जापानमा आई बसोबास गर्ने सबैको हित र समग्र नुवाकोट जिल्लाको विकास तथा समृद्धिको लागि सहयोगी बनाउनेगरि संस्थालाई सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनमा नुवाकोट जिल्ला सहित रसुवाजिल्लाबाट जापान आई बसोबास गर्नुभएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । भेलामा नुवाकोट जिल्ला सहित नजिकका अन्य जिल्लाबाट जापानमा आई बसोबास गरेका त्यस्ता समाज र समितिहरुलाई समेत आफ्नो समाजमा समाहित तथा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको थियो । यस बारेमा विस्तृत छलफल गरेर नयाँ बस्ने कार्यसमितिले टुंगो लगाउने जिम्मेवारी सुम्पेको छ ।

यसैगरि अधिवेशनले आगामी बर्ष नुवाकोट समाज जापानले गर्न सक्ने ठूला कार्यक्रम, विभिन्न समिति तथा उपसमितिहरुको बारेमा छिट्टै बस्ने कार्यसमितिले निर्णय गरि विस्तृत विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । निवर्तमान अध्यक्ष डा. माधव प्रशास सेडाई अस्वस्थ रहनुभएकाले अधिवेशन संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका उद्धव प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सल्लाहकार राजकुमार पण्डित प्रमुख अतिथि रहनुभएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago