नुवाकोट समाज जापानको तेस्रो अधिवेशन सर्वसम्मत नेतृत्व चयन सहित भव्य रुपमा सम्पन्न

टोकियो ।
तेस्रो अधिवेशन मार्फत नुवाकोट समाज जापानले हरि लामिछानेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । राजधानी टोकियोको सिनओकुबुमा भएको सम्मेलनले समाजका पूर्व सचिव रहेका लामिछानेलाई अध्यक्षमा चयन गर्दै उपाध्यक्षमा रामजंग कार्की र संगिता अधिकारीलाई नियुक्त गरेको छ ।

यसैगरि महासचिवमा दिपक घिमिरेलाई चयन गरेको अधिवेशनले सचिवमा सन्तोषी अधिकारी र कोषाध्यक्षमा भिमान सिं मोक्तानलाई सर्वसम्मत रुपमा चयन गरेको हो । नेपाल नुवाकोट जिल्ला घर भई जापानमा अध्ययन, पेशा, व्यवसाय तथा रोजगारको क्रममा रहेका नुवाकोटेहरुको भव्य उपस्थितिमा सम्पन्न भएको अधिवेशनले आफ्नो विधानमा सामान्य संशोधन सहित आगामी योजना र वार्षिक आर्थिक प्रतिवेदनलाई स्विकृत प्रदान गरेको थियो ।

नेतृत्व चयनमा केही पदहरुमा धेरै व्यक्तिको नाम परेपनि आपसी समझदारीमा एक बाहेकका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएपछि नेतृत्व चयन सहज ढंगबाट सर्वसम्मत भएको थियो ।
सन् २०१४ मा स्थापित नुवाकोट समाज जापानले तेस्रो अधिवेशन मार्फत हालको लागि दुई वर्षे कार्यकालको लागि २५ सदस्य समेत कार्यसमितिमा चयन गरेको छ ।

जसमा दिपक थापा, राजु तिवारी, शिवराम ढकाल, सरदराज लामिछाने, केशव भट्ट, भानुभक्त आचार्य, गोकर्ण अधिकारी, अर्जुन अधिकारी, अशोक खतिवडा, रामशरण धमला, बिजय कोइराला, मन्दिरा उप्रेती, गौरवजंग कार्की, विज्ञान उप्रेती, मिलन राई, सजना थपलिया, ठाकुर तामागं, विश्व जिसी, अच्युत लोहनी, अर्जुन बगाले फुकुओका, सोभितसिंग तामागं, सम्पूर्ण अधिकारी, मोहन केसी, विश्वराज अधिकारी र सुजन फुयाँल रहनुभएको छ ।

जापानमा व्यवसायीको रुपमा समेत परिचित संस्थाका निर्वतमान सचिव हरि लामिछानेले नुवाकोट समाज जापानको अध्यक्ष चयनपछि बोल्दै संस्थालाई नुवाकोट जिल्लाबाट जापानमा आई बसोबास गर्ने सबैको हित र समग्र नुवाकोट जिल्लाको विकास तथा समृद्धिको लागि सहयोगी बनाउनेगरि संस्थालाई सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनमा नुवाकोट जिल्ला सहित रसुवाजिल्लाबाट जापान आई बसोबास गर्नुभएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । भेलामा नुवाकोट जिल्ला सहित नजिकका अन्य जिल्लाबाट जापानमा आई बसोबास गरेका त्यस्ता समाज र समितिहरुलाई समेत आफ्नो समाजमा समाहित तथा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको थियो । यस बारेमा विस्तृत छलफल गरेर नयाँ बस्ने कार्यसमितिले टुंगो लगाउने जिम्मेवारी सुम्पेको छ ।

यसैगरि अधिवेशनले आगामी बर्ष नुवाकोट समाज जापानले गर्न सक्ने ठूला कार्यक्रम, विभिन्न समिति तथा उपसमितिहरुको बारेमा छिट्टै बस्ने कार्यसमितिले निर्णय गरि विस्तृत विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । निवर्तमान अध्यक्ष डा. माधव प्रशास सेडाई अस्वस्थ रहनुभएकाले अधिवेशन संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका उद्धव प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सल्लाहकार राजकुमार पण्डित प्रमुख अतिथि रहनुभएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago