काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम तीन खेल हुँदैछन् । पहिलो खेलमा समुह जी को खेलमा इंगल्याण्ड र पानामा साँझ ५:४५ बजे खेल्दैछन् । यो समुहबाट बेल्जियम २ खेलबाट ६ अंकसहित राउन्ड अफ सिक्सटिनमा पुगेको छ । इंगल्याण्डको ३ अंक छ । पानामा र ट्युनिसिया अंकविहिन छन् ।
आइतबारको खेलमा इंगल्याण्ड विजयी भए राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । हारले तेस्रो चरणको खेलबाटै राउन्ड अफ सिक्सटिनमा पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ । आइतबार राति समुह एचका दुवै खेल हुँदैछन् । ८:४५ बजे जापान र सेनेगल तथा ११:४५ बजे पोल्याण्ड र कोलम्बिया खेल्दैछन् ।
जापान र सेनेगलले पहिलो खेलमा जित हात पार्दा पोल्याण्ड र कोलम्बिया अंकविहिन छन् । आइतबार रातिका खेलमा विजयी भए जापान र सेनेगल राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । यदि नतिजा उल्टो आयो भने तेस्रो चरणको खेलको नतिजाबाटै राउन्ड अफ सिक्सटिनमा पुग्ने दुवै टिमको टुंगो लाग्नेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…