आरजु, बामदेव र नारायणकाजीलाई राष्ट्रियसभा मनोनित गर्ने देउवाको प्रस्ताव

१० माघ, काठमाण्डौ । राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीन जना सदस्य प्रधानमन्त्री शेरबहादुर देउवाले आफै मनोनित गर्ने गरी नयाँ प्रस्ताव गरेका छन् । कांग्रेसका सभापतिसमेत रहेका देउवाले एकजना महिलासहित तीन जना मनोनित गर्ने व्यवस्था भएअनुसार कांग्रेस, एमाले र माओवादीबाट एकएक जना पर्ने गरी मनोनित गर्ने प्रस्ताव एमाले र माओवादीलाई गरेका हुन् ।

देउवाले कांग्रेसबाट आफ्नै पत्नी आरजु देउवा, एमालेबाट बामदेव गौतम र माओवादीबाट नारायणकाजी श्रेष्ठलाई मनोनित गर्ने प्रस्ताव गरेका हुन् । देउवाले एमालेका गौतम र माओवादीका श्रेष्ठलाई राष्ट्रियसभामा जान प्रस्ताव गरे पनि उनीहरुले स्विरकार भने गरि नसकेको बताइएको छ ।

संविधानअनुसार राष्ट्रियसभाका ५६ जना सदस्य प्रत्येक प्रदेशबाट ८ जनाको दरले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखको मतबाट निर्वाचित हुन्छन् । बाँकी ३ जनालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार वर्तमान शेरबहादुर देउवा नेतृत्वकै सरकारले तीन सदस्यको पनि सिफारिस गरेर राष्ट्रपतिमार्फत मनोनित गर्न खोजेको छ । तर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले भने तीन सदस्य अर्को मन्त्रिपरिषद आएपछि मनोनयन गर्नुपर्ने बताएको छ ।

तर देउवाले भने आफ्नी पत्नीलाई पनि राष्ट्रियसभाको सदस्य बनाउनका लागि एमाले र माओवादीका तर्फबाट एकएक जना दिएर सहमति गर्न खोजेका छन् । राष्ट्रपतिबाट मनोनित हुने ३ सांसदमध्ये गोलाप्रथाबाट दुई वर्ष,४ वर्ष र ६ वर्ष कार्यकाल बाँडिनेछ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago