१० माघ, काठमाण्डौ । राष्ट्रियसभामा मनोनित गर्नुपर्ने तीन जना सदस्य प्रधानमन्त्री शेरबहादुर देउवाले आफै मनोनित गर्ने गरी नयाँ प्रस्ताव गरेका छन् । कांग्रेसका सभापतिसमेत रहेका देउवाले एकजना महिलासहित तीन जना मनोनित गर्ने व्यवस्था भएअनुसार कांग्रेस, एमाले र माओवादीबाट एकएक जना पर्ने गरी मनोनित गर्ने प्रस्ताव एमाले र माओवादीलाई गरेका हुन् ।
देउवाले कांग्रेसबाट आफ्नै पत्नी आरजु देउवा, एमालेबाट बामदेव गौतम र माओवादीबाट नारायणकाजी श्रेष्ठलाई मनोनित गर्ने प्रस्ताव गरेका हुन् । देउवाले एमालेका गौतम र माओवादीका श्रेष्ठलाई राष्ट्रियसभामा जान प्रस्ताव गरे पनि उनीहरुले स्विरकार भने गरि नसकेको बताइएको छ ।
संविधानअनुसार राष्ट्रियसभाका ५६ जना सदस्य प्रत्येक प्रदेशबाट ८ जनाको दरले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखको मतबाट निर्वाचित हुन्छन् । बाँकी ३ जनालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार वर्तमान शेरबहादुर देउवा नेतृत्वकै सरकारले तीन सदस्यको पनि सिफारिस गरेर राष्ट्रपतिमार्फत मनोनित गर्न खोजेको छ । तर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले भने तीन सदस्य अर्को मन्त्रिपरिषद आएपछि मनोनयन गर्नुपर्ने बताएको छ ।
तर देउवाले भने आफ्नी पत्नीलाई पनि राष्ट्रियसभाको सदस्य बनाउनका लागि एमाले र माओवादीका तर्फबाट एकएक जना दिएर सहमति गर्न खोजेका छन् । राष्ट्रपतिबाट मनोनित हुने ३ सांसदमध्ये गोलाप्रथाबाट दुई वर्ष,४ वर्ष र ६ वर्ष कार्यकाल बाँडिनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…