अब लामो कपाल पाल्ने चुल्ठे–मुन्द्रे र रफ पाइन्ट लगएर राती बाटोमा भेटियका सबै सोधपुछमा लानसक्ने ।

कोहलपुर – कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

रातीमा अनावश्यक हिड्ने चुल्ठे–मुन्द्रेलाई रातभरी थुनेर बिहान घरपरिवारको उपस्थितिमा कपाल काट्न लगाउने गरिएको छ । प्रहरीले यो अभियान चलाउदा दैनिक ५/६ जना नियन्त्रणमा परिरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले बताए । ‘लागु पदार्थ प्रयोगकर्ता, जल्लु कपाल पालेका, रफ पाइन्ट लगाएका व्यक्तिहरु रातीमा भेटिए थुन्ने गरेका छौं, प्रवक्ता विसीले भने, ‘भोलिपल्ट फोटो खिच्ने र आफन्तीको जिम्मा लगाउँछौं ।’

प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको हो । चोरीका घटना बढ्दा कोहलपुरका व्यवसायी, स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका छन् । कोहलपुर प्रहरीले ‘पुराना चोर’ को पनि खोजी गरिरहेको छ । विगतमा चोरीमा लागेका र कारागारमा पुगेर फर्किएका एक दर्जन चोर कोहलपुर क्षेत्रमा रहेका छन् । चोरीकर्ममा लागेका यिनीहरुलाई प्रहरीले खोजी गरिरहेको हो ।

प्रहरीले राती हिड्नेलाई थुन्ने अभियान थालेपछि कतिपय त ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’ सहित पक्राउ परेका छन् ।

प्रहरीले रातीमा पक्राउ परेकालाई विहान परिवारका सदस्य बोलाउने, झल्लु कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेको छ । फेरि त्यही मान्छे फोकटमा रातीमा हिडेको पाइएमा कारबाही अघि बढाउने प्रहरीको योजना रहेको छ । रातभरी राखेर विहान छोड्दा प्रहरीले फेरि भेटेमा कारबाही गर्ने चेतावनी दिएर छोड्ने प्रवक्ता विसीले बताए ।

प्रहरीले चोरी नियन्त्रण र बिना काम रातीमा हिड्नेलाई नियन्त्रण गर्न तीन वटा टोली परिचालन गरेको छ । दुई वटा ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली रहेको छ । जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागु पदार्थको प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । अधिकांश चोरीमा लागु औषध प्रयोग नै संलग्न हुने गर्दछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago