टोकियोमा दोस्रो बागेश्वरी गोल्डकप को तयारी तिब्र गराउदै , ताइसिट आउट गरेकोछ ।

टोक्यो सेप्टेम्बर २३ बिस्वास आचार्य । बाँके बर्दिया मैत्री समाज जापानले बाँके बर्दियामा रहेका असाहय, विपन्न परिवारका बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्य ले दोस्रो बागेश्वरी गोल्डकप प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बाँके बर्दिया मैत्री समाजले गरिब तथा असहाय बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्य ले दोस्रो बागेश्वरी गोल्डकप २०१८ को आयोजना गर्न लागेको अध्यक्ष सुशिल मल्ल ले बताउनु भयो । प्रतियोगिता यहि सेप्टेम्बर ३० तारिखमा फुजिमोरी पार्क टोकियोको हाचिअोजी मा हुने भएको छ । समाजले प्रतियोगितामा पहिलो पाँच लाख दश हजार,दोस्रो दुई लाख दश हजार र तेस्रो हुने टिम लाई एकाउन्न हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिने साथै खेलाडी हरु मध्धे बाट १/१ जाना लाई बेस्ट प्लयेर् , बेस्ट देफेन्देर् , बेस्ट कीपर , धेरै गोल गर्नेलाई पाच / पाच हजार नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

दोस्रो बागेश्वरी गोल्डकपलमा जापानमा रहेका बिभिन्न संघ सस्था सह-अयोजक को रुपमा काभ्रेली समाज जापान र अछाम सरोकार मन्च जापान रहेका छन् भने पूर्व राष्टिय खेलडी बसन्त गौचन , हाइजिमा युथ क्लब, किरात राई यायोख्खा जापानले समेत सहयोग गर्ने बताउनुभयो । साथै मिडिया पाटनर सनराइज जेन , गोल नेपाल नेपालगन्ज टाइम्स रहेकोछ । सेप्टेम्बर २३ तारिक आज एक कार्यक्रम गरी ३२ टिम सहभागी हुने भन्दै ताइसिट पनि आउट गरिएको शुशिल मल्ल ले बताउनु भयो ।

गत बर्ष प्रतियोगिता मार्फत संकलन गरेको रकम रेडक्रस तथा विभिन्न सस्थाको सहयोगमार्फत बाढीपीडितलाई बितरण गरिएको थियो । दोस्रो बागेश्वरी गोल्डकपलमा सनराइज जेएन बाट लाईभ प्रसारण गरिनेछ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago