भण्डारीको नेतृत्वमा जनसम्पर्क समिती किता कान्तो क्षेत्रको नयाँ समिती सर्वसहमत

टोकियो सेप्टेम्बर २३ । नेपाली जनसम्पर्क समिती जापानको अधिवेशन नजिकिएसगै क्षेत्रीय समितीको अधिवेशन माहोल चलिरहेको बेला किता कान्तो क्षेत्रीय समितीको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

आज सेप्टेम्बर २३ तारिख गुन्मा केनको ओईजुमी माचीमा रहेको एसियन रेष्टुरेन्ट कस्तुरीमा किता कान्तो अन्तर्गत पर्ने साईतामा, गुन्मा,ईवाराकी र तोचुगी केन अन्तर्गत रहेका नेपाली कांग्रेस प्रति आस्थावान क्रियाशील सदस्य तथा साधारण सदस्यहरुको उत्साहजनक सहभागीतामा बिश्वबन्धु भण्डारीको नेतृत्वमा सर्वसहमतीमा नयाँ कार्यसमिति चयन भएको छ । उपसभापतिहरुमा क्रमश: खिमलाल कंडेल,भुवन सापकोटा,प्रकाश योगी, सचिवमा अर्जुन सुवेदी, सहसचिव कमल खरेल कोषाध्यक्ष महेन्द्र थापा, सहकोषाध्यक्ष उजिर कार्की तथा सदस्यहरुमा गोमा कुमारी दनै, र अनिरुद्र धमला(राजु) सर्वसहमतिमा चयन हुनुभएको छ, किता कान्तो क्षेत्रीय समितीका सभापति दयाराम खरेलको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथीको रुपमा नेपाली जनसम्पर्क समिती जापानका नि वर्तमान सभापति डिपी कडेल,अतिथीहरु महाधिवेशन प्रतिनिधी तथा बर्तमान केन्द्रिय उपसभापति राजेन्द्र जमरकट्टेल, महाधिवेशन प्रतिनिधी सुवास प्रसाद लोहोनी,केन्द्रीय उपसभापतिहरु बिष्णु अर्याल,पिताम्बर चापागाई,पुष्करजंग थापा, नवराज थापा,केन्द्रीय महामन्त्री रामजंग कार्की,केन्द्रीय प्रतिनिधी तथा केन्द्रीय सदस्य बिपीन घिमीरे, कान्तो क्षेत्रीय सभापति यदुराम सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो , शुभकामना मन्तव्य सकिएसगँ निर्वाचन समितीका संयोजक राजेश खनाल सदस्य द्दय भुषण कोईराला र जीवन आचार्यले निर्वाचन समितीमा आवश्यक पद संख्या भन्दा धेरै जनाको उमेमेदवार दर्ता नभएकोले सवै जना निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो निर्विरोध चयन हुनुभएका नयाँ कार्यसमिताका पदाधिकारीहरुलाई केन्द्रीय प्रतिनिधी तथा केन्द्रीय उपसभापति नवराज थापाले सपथ खुवाउनुभएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago