अधिकाशंमा स्क्रब टाइफसको सङ्क्रमण, ४१० जनामा स्क्रब टाइफस भेटियो

चितवन, भदौ ७। गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आव २०७४/७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

साउनमा जिल्लामा ५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३४६ जनाको परीक्षण गरिएको थियो । डेङ्गु सङ्क्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन् । अघिल्लो आवमा ५९ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । एक हजार ४८३ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । जसमध्ये ३३ जना चितवनका रहेका थिए । डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लूका बिरामी भने नरहेको दाबी गरेको छ । कार्यालयका प्रमुख विजयकुमार झाले मौसमी रुघाखोकी देखिएको बताउनुभयो । मानिसबाट मानिसमा सरेर आएको फ्लूलाई स्वाइन्फ्लू भन्न नमिल्ने उहाँको भनाइ छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago