गृहमन्त्रीको सम्पत्ति २० हजार र दुई कुकुर !

काठमाडौं जेठ ९ ,
गृहमन्त्री रामबहादुर थापाको सम्पत्ति कति होला ? सामान्य नागरिकले सहजै अनुमान गर्छन्। करोडमाथि छ। शान्ति प्रक्रियामा आएपछि बादल लगातार सांसद र मन्त्री पनि पटकपटक भए। तर, सम्पत्ति विवरण सार्वजनिक गरिएको फारममा उनको सम्पत्ति एभरेष्ट बैंकको खतामा २० हजार मात्र भएको उल्लेख छ।

यत्ति रकम पनि गृहमन्त्रीले २०६४-०६८ सम्म सभासद हुँदा आम्दानी गरेका हुन् रे ! अझ उनको त्यो खाता बन्द गरिएको जानकारी सोही फारममा गराइएको छ। बादलको स्वकीय सचिवालयका सदस्य बिरु तामाङको नाममा रहेको एभरेष्ट बैंकको खातामा भने तीन लाख ६० हजार एक सय ९३ रुपैयाँ भएको उल्लेख छ।

बादलले अन्य सम्पत्ति सबै श्रीमतीकै नाममा देखाएका छन्। जहाँ शेयर, सुन, घरजग्गा सबै श्रीमतीकै नाममा छ। त्यो सम्पत्ति पनि सबै माइतीपक्षबाट दाइजो आएको वा विदेशबाट श्रीमतीका भाइ बहिनीबाट उपहार पाएको उल्लेख छ। गृहमन्त्री बादलले भने दुई कुकुर पनि लेखेका छन्। यी कुकुर कती रकम को भने लेखेका छैनन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago