काठमाडौं जेठ ९ ,
गृहमन्त्री रामबहादुर थापाको सम्पत्ति कति होला ? सामान्य नागरिकले सहजै अनुमान गर्छन्। करोडमाथि छ। शान्ति प्रक्रियामा आएपछि बादल लगातार सांसद र मन्त्री पनि पटकपटक भए। तर, सम्पत्ति विवरण सार्वजनिक गरिएको फारममा उनको सम्पत्ति एभरेष्ट बैंकको खतामा २० हजार मात्र भएको उल्लेख छ।
यत्ति रकम पनि गृहमन्त्रीले २०६४-०६८ सम्म सभासद हुँदा आम्दानी गरेका हुन् रे ! अझ उनको त्यो खाता बन्द गरिएको जानकारी सोही फारममा गराइएको छ। बादलको स्वकीय सचिवालयका सदस्य बिरु तामाङको नाममा रहेको एभरेष्ट बैंकको खातामा भने तीन लाख ६० हजार एक सय ९३ रुपैयाँ भएको उल्लेख छ।
बादलले अन्य सम्पत्ति सबै श्रीमतीकै नाममा देखाएका छन्। जहाँ शेयर, सुन, घरजग्गा सबै श्रीमतीकै नाममा छ। त्यो सम्पत्ति पनि सबै माइतीपक्षबाट दाइजो आएको वा विदेशबाट श्रीमतीका भाइ बहिनीबाट उपहार पाएको उल्लेख छ। गृहमन्त्री बादलले भने दुई कुकुर पनि लेखेका छन्। यी कुकुर कती रकम को भने लेखेका छैनन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…