भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै हप्ताको अन्तिम दिन चीन भ्रमणमा जाने भएका छन् । गतवर्ष चीन र भारतबीच डोकलाम सीमा र तिब्बतलाई लिएर सुरु भएको विवादले दुई देशबीचको सम्बन्धलाई धेरै संवेदनशील अवस्थामा पुर्याएको थियो । त्यसैकारण सम्पूर्ण विवाद अन्त्य गर्दै कूटनीतिक सम्बन्धमा सुधार ल्याउने उद्देश्यले मोदी चिनियाँ राष्ट्रपति जिन पिङसँग भेट गर्न जान लागेको रोयटर्सले जनाएको छ ।
चिनियाँ विदेश मन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँगको बैठकपछि मोदी र जिन पिङबीच आगामी शुक्रबार र शनिबार भेटवार्ताको कार्यक्रम तय भएको जानकारी दिएका हुन् । यति मात्र नभएर मोदी फेरि जुनमा पनि चीन भ्रमणमा जानेछन् । यति छोटो समयमै यही हप्ता चीन जाने तयारी गरिरहेका मोदीले फेरि जुनमा पनि जिन पिङसँग भेटवार्ता गर्नेछन् ।
यसरी थोरै समयमै मोदी दुईपटक चीन भ्रमणमा जानुलाई भारतभित्रै पनि असामान्य मानिएको छ । यसअघि भने मोदी चीन भन्दा पहिला नेपाल आउने तय भएको थियो । तरपनि अन्तिम समयमा उनले चीनसँगको बिग्रँदो कूटनीतिक सम्बन्धलाई मध्य नजर गर्दै पहिले चीन भ्रमणमा जाने निर्णय लिएको हुन सक्ने बताइएको छ । भारतीय विदेश मन्त्री सुस्मा स्वराज जिङपिङ र मोदीबीच बैठकको तयारी गर्नकै लागि शनिबार बेइजिङ पुगेकी थिइन् । मोदी को यो चिन भ्रमण ले प्रधानमन्त्री केपी शर्माओली को चिन भ्रमण मा केहि असहज हुने देखियकोछ |
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…