चितवन राष्ट्रिय निकुञ्जबाट भयका प्रयास

चितवन : सन् २०१७ चितवन राष्ट्रिय निकुञ्जका लागि प्रजाति संरक्षणमा महत्वपूर्ण वर्षका रुपमा परिणत भएको छ । निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु अन्य निकुञ्जमा स्थानान्तरण गर्ने र अन्यत्रबाट यहाँ ल्याउने महत्वपूर्ण काम सन् २०१७ मा भएको छ ।

यसैवर्ष चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा स्थानान्तरण गरिएको छ । गत वर्षको चैत महिनामा गैँडा स्थानान्तरण गरिएको हो । गत वर्षको वैशाखमा नेपालबाट दुई जोडी गैँडा चीन लैजानका लागि यहाँका प्राविधिक र निकुञ्जका अधिकारीले चीनमा गैँडा लैजाने ठाउँको अध्ययनसमेत गरिसकेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भन्नुभयो, “चीन लाने गैँडाका लागि बुमा (खोर) बनिसकेको छ ।” बढीमा तीन वर्षका दुई गैँडा लगत्तै चीन लगिँदै छ । चीनको सांघाई नेचर पार्क र छिनेलोङ वाइल्डलाइफ सफारी गोन्जाओमा गैँडा लगिँदैछ ।

चितवन राष्ट्रिय निकुञ्जबाटै छवटा गिद्ध नवलपरासीको गिद्ध रेस्टुरेण्टमा केही महिना राखेर प्रकृतिमा छाडिएको छ । निकुञ्जको गिद्ध प्रजनन केन्द्रबाट ती गिद्धलाई लगिएको हो । कँडेलका अनुसार विगत लामो समयदेखि निकुञ्जमा नभएका अर्ना र बाह्रसिंगे सन् २०१७ मा नै यहाँ ल्याइएको छ । अर्ना कोशीटप्पु र बाह्रसिंगे शुक्लाफाँटाबाट ल्याइएको हो । सन् २०१७ मा अर्ना र बाह्रा सिंगेको संरक्षणका लागि पनि महत्वपूर्ण काम भएको छ ।

विसं २००७ बाट चितवन निकुञ्जबाट लोप भएको अर्नाको संरक्षणका लागि कोशी टप्पुबाट निकुञ्जमा ल्याएर संरक्षणको काम भएको उहाँले बताउनुभयो । सदर चिडियाखाना जावलाखेलबाट तीन र कोशी टप्पुबाट १२ गरी १५ वटा अर्ना चितवन निकुञ्जमा ल्याइएको थियो । तीमध्ये बाढी र अन्य कारणबाट छवटा अर्ना मरेका छन् भने नौवटा सुरक्षित छन् । बाह्रसिंगे भने सातवटा ल्याइएकामा तीन मरेका र तीनवटा बाढीका कारण हराएका छन् । हाल एउटा पोथी बाह्रसिंगे मात्रै रहेको छ ।

बाहिर भएका जनवारलाई स्थानान्तरण गरेर ल्याउनु चुनौतीपूर्ण काम भएको जानकारी दिँदै कँडेलले अतिसंवेदनशील भएर जोगाउने प्रयास गरिएको बताउनुभयो । सानो खुट्टा भएको र लामो यात्रा गर्नु परेकाले बाह्रसिंगे ल्याउने क्रममा नै दबाबमा परेर मरेको उहाँले बताउनुभयो । झण्डै बीस घण्टा ट्रकमा राखेर बाह्रसिंगे ल्याइएको थियो । गत बर्सात्को समयमा आएको अबिरल वर्षापछिको बाढीबाट बगेर निकुञ्जबाट भारतसम्म पुगेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको समेत उद्धार गरिनु महत्वपूर्ण काम भएको छ । बाढीले बगाएका गैँडामध्ये नौ भारतबाट र एउटा नेपालकै त्रिवेणी क्षेत्रबाट उद्धार गरी निकुञ्जमा ल्याइएको छ ।

“यस अगाडि धेरैपटक बाढी आए तर बाढीका कारण बगेका गैँडाको उद्धार गरिएको तथ्यांक छैन”, कँडेलले भन्नुभयो, “गत वर्ष हामीले १० वटा गैँडाको उद्धार गरेका छौँ, यो इतिहासमै महत्वपूर्ण उपलब्धि हो ।” जसका लागि भारतको वाल्मीकि टाइगर रिजर्भले समेत ठूलो सहयोग पु¥याएको कँडेलले बताउनुभयो ।

विश्वमै दुर्लभ मानिएको घडियाल गोही संरक्षणमा निकुञ्ज लागिपरेको छ । राप्ती र नारायणी नदीमा रहेको एक मात्र भाले गोही मरेपछि निकुञ्जले बर्दिया गएर भाले गोही ल्याएको छ । यसका साथै भारतबाट पनि अर्को भाले गोही ल्याउने तयारी अगाडि बढिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

बाहिर रहेका जनावरलाई स्थानान्तरण गरेर पुनःस्थापित गर्ने अभियानअन्तर्गत ल्याइएका जनावरमध्ये सबै जोगाउन नसके पनि समस्याका कारणलाई सुधार गरेमा आगामी दिनमा थप संरक्षण गरी बचाउन सङ्ख्या बढाउन सकिने कँडेलले बताउनुभयो ।

निकुञ्जभित्र वन्यजन्तु संरक्षणका लागि घाँसेमैदान र तालको संरक्षण तथा व्यवस्थापनमा पनि गत वर्ष महत्वपूर्ण काम भएको बताउँदै उहाँले देशको पहिलो चितवन राष्ट्रिय निकुञ्ज पर्यटनको आकर्षण बढ्दै गएको बताउनुभयो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सन् २०१७ मा घडियाल प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र, हात्ती प्रजनन केन्द्रलगायतका स्थानहरुको व्यवस्थापन र स्तरवृद्धि गरिएको बताउनुभयो ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago