टोकियो-जापानको हृयोगो केन कोबे शहरमा एक नेपाली युवाले १९ वर्षीय एक कलेजकी विद्यार्थीमाथि छुरा प्रहार गरेको समाचार जापानी संचार माध्यमहरूले प्रकाशित गरेको छ ।
छुरा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय नेपाली युवा किशोर स्याङतान रहेको बताइएको छ ।
स्याङतानले गए राती १२: ३० बजे बीच सडकमै किशोरीमाथि पेटमा छुरा प्रहार गरेका थिए । युवती स्याङतानको पूर्व प्रेमिका रहेको खुलासा भएको छ ।
उक्त युवती गम्भीर घाइते भएपनि चिन्ताजनक अवस्थामा भने नरहेको समाचारमा उल्लेख छ ।प्रहरीको अनुसन्धानको क्रममा पक्राउ परेका स्याङतानले उक्त युवती आफ्नो पूर्व प्रेमिका भएको आफूलाई धोका दिएकोले रिस उठी उनीमाथि छुरा प्रहार गरेको स्वीकारेका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…