टोकियो-जापानको हृयोगो केन कोबे शहरमा एक नेपाली युवाले १९ वर्षीय एक कलेजकी विद्यार्थीमाथि छुरा प्रहार गरेको समाचार जापानी संचार माध्यमहरूले प्रकाशित गरेको छ ।
छुरा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय नेपाली युवा किशोर स्याङतान रहेको बताइएको छ ।
स्याङतानले गए राती १२: ३० बजे बीच सडकमै किशोरीमाथि पेटमा छुरा प्रहार गरेका थिए । युवती स्याङतानको पूर्व प्रेमिका रहेको खुलासा भएको छ ।
उक्त युवती गम्भीर घाइते भएपनि चिन्ताजनक अवस्थामा भने नरहेको समाचारमा उल्लेख छ ।प्रहरीको अनुसन्धानको क्रममा पक्राउ परेका स्याङतानले उक्त युवती आफ्नो पूर्व प्रेमिका भएको आफूलाई धोका दिएकोले रिस उठी उनीमाथि छुरा प्रहार गरेको स्वीकारेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…