सिटी पार्टी प्यालेसले,बिर्तामोड झापामा गुणस्तरीय सेवा र निःशुल्क हल सेवा सञ्चालन ।

मंसिर ६ ,टोक्यो । झापाको बिर्तामोडमा वातानुकूलित (एसी) साथै डिजिटल ‘साउण्ड सिस्टम सहित सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हल सञ्चालनमा आएको छ

युवा व्यवसायी दुई झापाली युवाको संयुक्त लगानीमा रू एक करोडको लगानीमा पुर्ण वातानुकूलित (एसी) डिजिटल ध्वनि प्रबिधि  सहितको पार्टी प्यालेस सञ्चालनमा आएको छ। युवा व्यवसायी सुवोद पाठक र कृष्ण पौडेलले  पत्रकार भेटघाटको आयोजना गरी पार्टी प्यालेस सञ्चालन साथै सेवा र सुबिधा बारे जानकारी दिनुभएको थियो 

सञ्चालक पाठकले निम्न र मध्यम वर्गको पहुँचमा सहज तवरले पुर्याउने उद्देश्यले पार्टी प्यालेस सञ्चालनमा ल्याइएको बताउनुभयो मानिसमा पार्टी प्यालेस भनेपछि धनाड्य परिवारले मात्र विवाह, पार्टी गर्छन् भन्ने सोच छ’, उहाँले भन्नुभयो, ‘निम्न र मध्यम वर्गले पनि कार्यक्रम गर्न सक्ने गरी सर्वसुलभ मूल्यमा सेवा दिन्छौँ ’उहाँले  सर्बसाधारण सबै बर्गले  यहाँबाट न्यून खर्चमा विवाह, व्रतबन्ध लगायतका कार्यक्रम गर्न सकिने बताउनुभयो

अर्का सञ्चालक कृष्ण पौडेलले विवाह,पार्टीमा हल निःशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो पार्टी प्यालेसको हल भाडा मात्र झण्डै २० हजार तिर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी हल भाडा लिदैनौँ, सेवा पनि गुणस्तरीय प्रदान गछौँ होटल फ्लोरिडा ,रुफटफ रेस्टुरेन्ट, स्वीमिङ पुलसँगै रहेको पार्टी प्यालेसको सहकार्यमा युवा व्यवसायी हरि धिमाल समेत रहनु भएको छ

पार्टी प्यालेसमा ९१७ जना क्षमताको पार्टी हल, ८० जना क्षमताको मिटीङ हल, ३०० जना क्षमताको कन्फ्रेन्स हल रहेको छ तीन वटै हल वातानुकूलित (एसी) रहेको कृष्णपौडेलले बताउनुभयो

उहाँले भन्नुभयो,वातानुकूलित (एसी) साथै डिजिटल ‘साउण्ड सिस्टम लगायतका पूर्ण सामग्री भएको यो कन्फ्रन्स हल बिर्तामोडमै पहिलो हो

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago