सिटी पार्टी प्यालेसले,बिर्तामोड झापामा गुणस्तरीय सेवा र निःशुल्क हल सेवा सञ्चालन ।

मंसिर ६ ,टोक्यो । झापाको बिर्तामोडमा वातानुकूलित (एसी) साथै डिजिटल ‘साउण्ड सिस्टम सहित सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हल सञ्चालनमा आएको छ

युवा व्यवसायी दुई झापाली युवाको संयुक्त लगानीमा रू एक करोडको लगानीमा पुर्ण वातानुकूलित (एसी) डिजिटल ध्वनि प्रबिधि  सहितको पार्टी प्यालेस सञ्चालनमा आएको छ। युवा व्यवसायी सुवोद पाठक र कृष्ण पौडेलले  पत्रकार भेटघाटको आयोजना गरी पार्टी प्यालेस सञ्चालन साथै सेवा र सुबिधा बारे जानकारी दिनुभएको थियो 

सञ्चालक पाठकले निम्न र मध्यम वर्गको पहुँचमा सहज तवरले पुर्याउने उद्देश्यले पार्टी प्यालेस सञ्चालनमा ल्याइएको बताउनुभयो मानिसमा पार्टी प्यालेस भनेपछि धनाड्य परिवारले मात्र विवाह, पार्टी गर्छन् भन्ने सोच छ’, उहाँले भन्नुभयो, ‘निम्न र मध्यम वर्गले पनि कार्यक्रम गर्न सक्ने गरी सर्वसुलभ मूल्यमा सेवा दिन्छौँ ’उहाँले  सर्बसाधारण सबै बर्गले  यहाँबाट न्यून खर्चमा विवाह, व्रतबन्ध लगायतका कार्यक्रम गर्न सकिने बताउनुभयो

अर्का सञ्चालक कृष्ण पौडेलले विवाह,पार्टीमा हल निःशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो पार्टी प्यालेसको हल भाडा मात्र झण्डै २० हजार तिर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी हल भाडा लिदैनौँ, सेवा पनि गुणस्तरीय प्रदान गछौँ होटल फ्लोरिडा ,रुफटफ रेस्टुरेन्ट, स्वीमिङ पुलसँगै रहेको पार्टी प्यालेसको सहकार्यमा युवा व्यवसायी हरि धिमाल समेत रहनु भएको छ

पार्टी प्यालेसमा ९१७ जना क्षमताको पार्टी हल, ८० जना क्षमताको मिटीङ हल, ३०० जना क्षमताको कन्फ्रेन्स हल रहेको छ तीन वटै हल वातानुकूलित (एसी) रहेको कृष्णपौडेलले बताउनुभयो

उहाँले भन्नुभयो,वातानुकूलित (एसी) साथै डिजिटल ‘साउण्ड सिस्टम लगायतका पूर्ण सामग्री भएको यो कन्फ्रन्स हल बिर्तामोडमै पहिलो हो

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago