मन र मत नबदलिएसम्म जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने छन्

काठमाण्डौ, कार्तिक ५ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ‘मन र मत’ नबदलिए सम्म जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने बताएका छन्।

मीश्रले आफनो सामाजिक सञ्जाल फेसबुकमा फोटो शेयर गरी मन र मत बदलिएसम्म प्रमूख दलहरूबाट दशकौंदेखि भोग्दै आएको “आडम्बरी–सामन्ती समाजवाद” एक या अर्को रूपमा प्रकट भइनै रहने दाबी गरेका छन् ।

उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाउन पुगेका पुर्व प्रधान न्याधिश गोपाल प्रसाद पराजुली र पुर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले टिका ग्रहण गर्दे गर्दा  घुडा मारेर टिका थापेको फोटो शेयर गर्दे ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भन्दै कडा प्रहार गरेका हुन्।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् । दुखी प्रजा’ र ‘सुखी राजा’का कुरा , हाम्रो मन र मत बदलिएपछि, यो अवस्था आफैं बदलिने छ। त्यसका लागि अब धेरै वर्ष पर्खिनु पर्दैन होला। अन्यथा प्रमूख दलहरूबाट दशकौंदेखि भोग्दै आएको ‘आडम्बरी-सामन्ती समाजवाद’ एक या अर्को रूपमा प्रकट भइनै रहनेछ। जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने छन्।

राष्ट्रपति भण्डारीले सर्वसाधरणदेखी विभिन्न राजनीतिक दलका नेताहरुलाई दशैंको टिका लगाइदिँदा देखिएका केही दृष्यहरु शाहीकालका भन्दा शासकीय भएको भन्दै अहिले सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ भने फोटोहरु भाइरल भईरहेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago