हँसाए ओलीलेः अरिङ्गाल हैन अब माहुरी बन्न निर्देशन, कांग्रेस कुखुराको चल्ला रे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबारको एक कार्यक्रममा हँसाउनु हँसाए । कार्यक्रम हल हाँसोले गुञ्जियो भने प्रचण्ड र ओलीबीच हँसाउने दोहोरी पनि चल्यो ।नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा अरिङ्गालको प्रशंग निकाल्दा हल हाँसोले गुञ्जियो ।सहाना प्रधानको चौथो स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा सुरूमै ओलीले अरिङ्गालको चर्चा गरेका थिए ।‘मलाई फेरि अरिङ्गाल भन्यो भन्लान्, अरिङ्गाल भन्नै लाथेँ,’ ओलीले हाँस्दै भने, ‘आज चाँहि माहुरी भन्छु।’ उनी मुस्कुराउँदै भने ‘अब कर्मी महुरीले झैं हामी एकजुटताका साथ मह जम्मा गर्नु पर्याछ।’

प्रधानमन्त्री ओलीले माहुरीको प्रशंग सकेपछि प्रमुख प्रतिपक्षी माथि जाइलागे । उनले प्रतिपक्षी कांग्रेसलाई कुखुराको चल्ला भनिदिए ।‘एउटा चल्लाले मरेको फट्याङ्ग्रो भेट्यो भने, अरू सबै लौ यसले के भेटायो, के टिप्यो यसले भन्दै सबै चल्ला त्यसकै पछाडि दौडिन्छन्,’ उनले कांग्रेसलाई चल्लासाँग तुलना गर्दै भने ‘के हो भनेर चिन्नु देख्नु छैन, चल्ला झैं कुँद्ने प्रतिपक्षी छन्।’केही दिन पहिले ओलीले सरकारविरुद्ध अभिव्यक्ति दिनेलाई अरिङ्गाल बनेर आक्रमणमा उत्रिन नेकपा पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । चर्को आलोचना भएपछि उनले आज कार्यकर्तालाई माहुरी बन्न निर्देशन दिए ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago