हँसाए ओलीलेः अरिङ्गाल हैन अब माहुरी बन्न निर्देशन, कांग्रेस कुखुराको चल्ला रे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबारको एक कार्यक्रममा हँसाउनु हँसाए । कार्यक्रम हल हाँसोले गुञ्जियो भने प्रचण्ड र ओलीबीच हँसाउने दोहोरी पनि चल्यो ।नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा अरिङ्गालको प्रशंग निकाल्दा हल हाँसोले गुञ्जियो ।सहाना प्रधानको चौथो स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा सुरूमै ओलीले अरिङ्गालको चर्चा गरेका थिए ।‘मलाई फेरि अरिङ्गाल भन्यो भन्लान्, अरिङ्गाल भन्नै लाथेँ,’ ओलीले हाँस्दै भने, ‘आज चाँहि माहुरी भन्छु।’ उनी मुस्कुराउँदै भने ‘अब कर्मी महुरीले झैं हामी एकजुटताका साथ मह जम्मा गर्नु पर्याछ।’

प्रधानमन्त्री ओलीले माहुरीको प्रशंग सकेपछि प्रमुख प्रतिपक्षी माथि जाइलागे । उनले प्रतिपक्षी कांग्रेसलाई कुखुराको चल्ला भनिदिए ।‘एउटा चल्लाले मरेको फट्याङ्ग्रो भेट्यो भने, अरू सबै लौ यसले के भेटायो, के टिप्यो यसले भन्दै सबै चल्ला त्यसकै पछाडि दौडिन्छन्,’ उनले कांग्रेसलाई चल्लासाँग तुलना गर्दै भने ‘के हो भनेर चिन्नु देख्नु छैन, चल्ला झैं कुँद्ने प्रतिपक्षी छन्।’केही दिन पहिले ओलीले सरकारविरुद्ध अभिव्यक्ति दिनेलाई अरिङ्गाल बनेर आक्रमणमा उत्रिन नेकपा पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । चर्को आलोचना भएपछि उनले आज कार्यकर्तालाई माहुरी बन्न निर्देशन दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago