फेष्टिवलमा पोखरेली को ” जॉउ है पोखरा” अभियान

टोकियो अगस्ट २३ ।
सुन्दर हिमाल ताल र मनोरम दृश्यहरुले सिगारिएको नेपालको पर्यटकिय शहर पोखरालाई जापानिहरुका विच प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्न कास्कि पोखरा समाज जापानले जापानभरी ” जाउ है पोखरा” अभियान शुरु गरेको छ ।

कास्कि पोखरा समाज जापानको अध्यक्ष बिकास श्रेष्ठले दिनु भएको जानकारी अनुसार जन्मभूमिलाई टेवा पुर्याउन संस्था स्थापना भएको हुदॉ सरकारले धोषण गरेको भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउन जापान भरी ” जॉउ है पोखरा ” अभियान शुरु गरिएको हो । यो अभियानलाई सफल बनाउन टोकियोमा हुने नेपाल फेष्टिवलमा ” जॉउ है पोखरा” लेखिएको पोखरा सम्बन्धि जानकारी दिने सामग्रीहरु जापानिज एव मेलामा सहभागि सबैलाई निःशुल्क वितरण गरिने छ ।

यो अभियानलाई प्रभावकरी बनाउन जापान सरकारको विभिन्न आयोजनाहरुमा पोखरामा गई काम गरेका जापानिज नागरिकको छिटै भेला गरि जापानिज नागरिकहरुलाई सम्मान गरिने भएको छ । यो अभियान जापानका अन्य क्षेत्रहरुमा पनि प्रभावकरी बनाउदै लैजाने योजना रहेको कास्कि पोखरा समाजका वरिष्ठ उपध्यक्ष विश्व सुवेदीले बताउनु भयो ।

कास्कि समाज जापानका उपध्यक्ष अन्जु भन्डारीका अनुसार पोखरामा जाने पर्यटकहरुलाई पोखरा सहित यस क्षेत्रेमा रहेका पर्यटकिय गतब्यहरुमा सजिलै लैजानको लागि पोखरामा रहेका पर्यटन क्षेत्रमा काम गरिरेका सबै सरोकार वाला सघं संस्थाहरुसग सहकार्य गर्दै अभियानलाई अगाडी लैजाने बताउनु भयो ।

यसैगरी जापानमा रहेको कोमागाने शहर र पोखरा महानगर विच रहेको भगिनि सम्बन्धलाई अझ दलीलों र प्रभावकरी बनाउन अध्यक्ष बिकास श्रेष्ठको संयोजकमा एक समिति बनाई सहयोगि समिति बनाई सहकार्य गर्ने भएको छ ।

जॉउ है पोखरा” अभियान पोखराका पर्यटन ब्यबसायी, पर्यटन बोर्ड तथा पोखरेलीहरुले विगत एक दशक देखि बिभिन्न देशहरुमा अभियान जारी राखेका छन ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago