फेष्टिवलमा पोखरेली को ” जॉउ है पोखरा” अभियान

टोकियो अगस्ट २३ ।
सुन्दर हिमाल ताल र मनोरम दृश्यहरुले सिगारिएको नेपालको पर्यटकिय शहर पोखरालाई जापानिहरुका विच प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्न कास्कि पोखरा समाज जापानले जापानभरी ” जाउ है पोखरा” अभियान शुरु गरेको छ ।

कास्कि पोखरा समाज जापानको अध्यक्ष बिकास श्रेष्ठले दिनु भएको जानकारी अनुसार जन्मभूमिलाई टेवा पुर्याउन संस्था स्थापना भएको हुदॉ सरकारले धोषण गरेको भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउन जापान भरी ” जॉउ है पोखरा ” अभियान शुरु गरिएको हो । यो अभियानलाई सफल बनाउन टोकियोमा हुने नेपाल फेष्टिवलमा ” जॉउ है पोखरा” लेखिएको पोखरा सम्बन्धि जानकारी दिने सामग्रीहरु जापानिज एव मेलामा सहभागि सबैलाई निःशुल्क वितरण गरिने छ ।

यो अभियानलाई प्रभावकरी बनाउन जापान सरकारको विभिन्न आयोजनाहरुमा पोखरामा गई काम गरेका जापानिज नागरिकको छिटै भेला गरि जापानिज नागरिकहरुलाई सम्मान गरिने भएको छ । यो अभियान जापानका अन्य क्षेत्रहरुमा पनि प्रभावकरी बनाउदै लैजाने योजना रहेको कास्कि पोखरा समाजका वरिष्ठ उपध्यक्ष विश्व सुवेदीले बताउनु भयो ।

कास्कि समाज जापानका उपध्यक्ष अन्जु भन्डारीका अनुसार पोखरामा जाने पर्यटकहरुलाई पोखरा सहित यस क्षेत्रेमा रहेका पर्यटकिय गतब्यहरुमा सजिलै लैजानको लागि पोखरामा रहेका पर्यटन क्षेत्रमा काम गरिरेका सबै सरोकार वाला सघं संस्थाहरुसग सहकार्य गर्दै अभियानलाई अगाडी लैजाने बताउनु भयो ।

यसैगरी जापानमा रहेको कोमागाने शहर र पोखरा महानगर विच रहेको भगिनि सम्बन्धलाई अझ दलीलों र प्रभावकरी बनाउन अध्यक्ष बिकास श्रेष्ठको संयोजकमा एक समिति बनाई सहयोगि समिति बनाई सहकार्य गर्ने भएको छ ।

जॉउ है पोखरा” अभियान पोखराका पर्यटन ब्यबसायी, पर्यटन बोर्ड तथा पोखरेलीहरुले विगत एक दशक देखि बिभिन्न देशहरुमा अभियान जारी राखेका छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago