श्रीलंका आर्मीविरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ६७ रनले बिजयी

श्रीलंका  । एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो अभ्यास खेलमा जित निकालेको छ ।

नेपालले आज भएको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको हो । पानागोडामा सम्पन्न एकदिवसीय खेलमा नेपालले कम्जोर ब्याटिङ्ग प्रदसन गर्दै श्रीलंका आर्मीलाई १९५ रनको लक्ष्य दिएको थियो । १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली आर्मीले ३६ ओभर १ बलमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो । आर्मीका जगत राजपाक्षेले ४६, लाहिरु चामराले २६ तथा प्रदीप रत्ननायकेले १८ रन नेपालका बलरहरुले निकै राम्रो बलिङ्ग गर्दै श्रीलंका आर्मीलाई सस्तैमा समेटे । सोमपाल कामी र बसन्त रेग्मीले समान ३/३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।

श्रीलंकाको फस्ट क्लास क्लब आर्मीविरुद्ध नेपालका आरिफ शेखले निकै उच्च स्तरको ब्याटिङ्ग प्रदसन गर्दै ११८ बल खेल्दै ८९ रनको योगदान दिए । यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा बसन्त रेग्मी र विनोद भण्डारी समान १६/१६ रन जोडे । रोहित कुमार पौडेल १२ रन आउट भए । श्रीलंका आर्मीका मधुसन फर्नान्डोले ३ तथा सन्जिउ कुमारास्वामी र जगत राजपाक्षेले समान २/२ विकेट लिए ।

अब नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसँग दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससँग २६ अगस्टमा खेल्ने छन् । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । मलेसियामा अगस्ट २८ बाट सुरु हुने एसिया कपको छनोट खेलको लागि टोली अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago