देवचुली नगरपालिका स्तरीय वक्ततृत्वकला प्रतियोगिता

नवलपुर गोविन्द लामिछाने ,भाद्र ६ ।
नेपाली काङ्ग्रेस नवलपरासी ( बर्दघाट सुस्ता पुर्व ) को समन्वय तथा नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) को आयोजना मा देवचुली नगरपालिका अन्तर्गत का माध्यमिक विधालय स्तरीय वक्ततृत्वकला प्रतियोगिता आज विश्वज्योती माबी प्रगतिनगर मा सम्पन्न भएको छ ।

नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) का अध्यक्ष राजेश पौडेल को अध्यक्षता एवं नेपाली काङ्ग्रेस नवलपरासी ( बर्दघाट सुस्ता पुर्व ) का सचिव बालकृष्ण घिमिरे को प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रम देवचुली नगरपालिका अन्तर्गत का १० वटा माध्यमिक विधालय का १७ जना विधार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

आज सम्पन्न यस प्रतियोगिता मा छात्र तर्फ भिमसेन आदर्श माबी का संसार ढकाल प्रथम तथा विश्वज्योती माबी का अंकित पौडेल द्वितीय भएका छ्न भने छात्रा तर्फ जनज्योति माबी प्रगतिनगर कि प्रमिला पराजुली प्रथम तथा बरचुली माबी कि रेजिना घर्ती मगरले द्वितिय स्थान हासिल गरेका छन ।

नेविसंघ नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का उपाध्यक्ष सन्जय भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम मा नेपाली काङ्ग्रेस देवचुलीका नगर सचिव नारायण प्रसाद पौडेल नेविसंघ पुर्व केन्द्रिय सदस्य गोकुल सापकोटा , विश्वज्योती माबी का प्रिन्सिपल विष्णुप्रसाद बास्तोला , नेपाली काङ्ग्रेस नवलपरासी का सचीव बालकृष्ण घिमिरे ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago