देवचुली नगरपालिका स्तरीय वक्ततृत्वकला प्रतियोगिता

नवलपुर गोविन्द लामिछाने ,भाद्र ६ ।
नेपाली काङ्ग्रेस नवलपरासी ( बर्दघाट सुस्ता पुर्व ) को समन्वय तथा नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) को आयोजना मा देवचुली नगरपालिका अन्तर्गत का माध्यमिक विधालय स्तरीय वक्ततृत्वकला प्रतियोगिता आज विश्वज्योती माबी प्रगतिनगर मा सम्पन्न भएको छ ।

नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) का अध्यक्ष राजेश पौडेल को अध्यक्षता एवं नेपाली काङ्ग्रेस नवलपरासी ( बर्दघाट सुस्ता पुर्व ) का सचिव बालकृष्ण घिमिरे को प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रम देवचुली नगरपालिका अन्तर्गत का १० वटा माध्यमिक विधालय का १७ जना विधार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

आज सम्पन्न यस प्रतियोगिता मा छात्र तर्फ भिमसेन आदर्श माबी का संसार ढकाल प्रथम तथा विश्वज्योती माबी का अंकित पौडेल द्वितीय भएका छ्न भने छात्रा तर्फ जनज्योति माबी प्रगतिनगर कि प्रमिला पराजुली प्रथम तथा बरचुली माबी कि रेजिना घर्ती मगरले द्वितिय स्थान हासिल गरेका छन ।

नेविसंघ नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का उपाध्यक्ष सन्जय भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम मा नेपाली काङ्ग्रेस देवचुलीका नगर सचिव नारायण प्रसाद पौडेल नेविसंघ पुर्व केन्द्रिय सदस्य गोकुल सापकोटा , विश्वज्योती माबी का प्रिन्सिपल विष्णुप्रसाद बास्तोला , नेपाली काङ्ग्रेस नवलपरासी का सचीव बालकृष्ण घिमिरे ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago