काठमाण्डौ, भाद्र ६ । मुस्लिम सामुदायहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) आज धुमधामका साथ देशभर मनाइँदै छ। बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।
इदुल फित्र (इद) पर्वको ठिक ७० दिनपछि सुरु हुने बकर इद पर्व ३ दिनसम्म मनाउने गरिन्छ। आजको दिन बिहानै नुहाइधुवाई गरेर सफा लुगा लगाएर इदगाह (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा सामूहिक रुपमा नमाज पढिन्छ। सो पश्चात् एकआपसमा अंगालो हालेर बकर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरिन्छ।
बकर इदका अवसरमा आज प्रदेश १, २ र ५ मा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…