जापान मा रहेका नेपालिहरुबिच भलिबल प्रतियोगिता सम्पन

टोकियो जापान , भलिबल यस्तो खेल हो, जो नेपालको प्रायः सबै स्थानमा खेलिन्छ। सहभागिता र दर्शकको रोजाइका दृष्टिबाट भलिबल नेपालमा लोकप्रिय खेल पनि हो। नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै हैन, विभिन्न स्थानमा हुने घरेलु प्रतियोगितामा समेत भलिबल हेर्ने दर्शकको उपस्थितिमा कहिल्यै कमी देखिएको छैन।यही लोकप्रियता र नेपालको भौगोलिक जटिलतासँग समेत मेल खाने भएका कारण सरकारले गत वर्ष जेठमा भलिबललाई नेपालको राष्ट्रिय खेलका रूपमा घोषणा गरेको छ। यही खेल भलिबलको अन्तर्राष्ट्रिय उपलब्धि भने सोचेअनुसार नभयपनी जापानमा रहेका खेलाडिहरु एकजुट भएर विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन ।जापानमा रहेका विभिन्न सङ्घ सस्था र क्लब हरुले आयोजना गर्दै आइरहेको भलिबल प्रतियोगितालाई यसपटक नेपाल भलिबल सङ्घ जापानले आयोजना गरेको थियो । १० टिम सहभागी रहेको उक्त प्रतियोगिता टोकियोको कामता स्टेशन नजिकै रहेको ओता जिम्नासियम हलमा सम्पन्न भएको थियो । प्रथम पुरष्कार ३ लाख, द्वितिय २ लाख र त्रीतिय १ लाख जापानी यन पुरष्कार राशी रहेको थियो ।प्रतियोगितामा शिवज्योती युथ क्लब प्रथम, गल्कोट स्पोर्ट्स क्लब द्वितिय र मोना जापान अ ले तृतिय स्थान हासिल गर्न सफल भएको थियो । नेपाल छदा राष्ट्रीय खेल खेलिसकेका खेलाडिहरु समेत यतिबेला अध्यायन अथवा कामको सिलसिलामा जापानमा रहेका छन । प्रतियोगितालाई सफल पार्न केन्द्रीय सल्लाहकार नारायण प्रसाद शर्मा र केन्द्रीय सदस्य तथा राष्टृय टिमका म्यानेजर राजकुमार गुरुङ जापान आएका थिए ।‘राष्ट्रका लागी खेलकुद र स्वास्थ्यका लागी खेलकुद’ भन्ने मुल नाराका साथ सम्पन्न भएको प्रतियोगिताको माध्यमबाट खेलप्रतिको माया र आपसी भाइचाराको विकाश गर्न सहयोग पुग्ने गरेको छ । खेल मा सहयोग गर्ने सबैलाई अध्यक्ष नबिन गुरुङले धन्यवाद प्रकट गरेका छन । विदेशमा रहे पनि राष्ट्रीय खेल भलीबलको विकाश होस भन्ने धेरै नेपालिहरुको आशा रहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago