जापान मा रहेका नेपालिहरुबिच भलिबल प्रतियोगिता सम्पन

टोकियो जापान , भलिबल यस्तो खेल हो, जो नेपालको प्रायः सबै स्थानमा खेलिन्छ। सहभागिता र दर्शकको रोजाइका दृष्टिबाट भलिबल नेपालमा लोकप्रिय खेल पनि हो। नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै हैन, विभिन्न स्थानमा हुने घरेलु प्रतियोगितामा समेत भलिबल हेर्ने दर्शकको उपस्थितिमा कहिल्यै कमी देखिएको छैन।यही लोकप्रियता र नेपालको भौगोलिक जटिलतासँग समेत मेल खाने भएका कारण सरकारले गत वर्ष जेठमा भलिबललाई नेपालको राष्ट्रिय खेलका रूपमा घोषणा गरेको छ। यही खेल भलिबलको अन्तर्राष्ट्रिय उपलब्धि भने सोचेअनुसार नभयपनी जापानमा रहेका खेलाडिहरु एकजुट भएर विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन ।जापानमा रहेका विभिन्न सङ्घ सस्था र क्लब हरुले आयोजना गर्दै आइरहेको भलिबल प्रतियोगितालाई यसपटक नेपाल भलिबल सङ्घ जापानले आयोजना गरेको थियो । १० टिम सहभागी रहेको उक्त प्रतियोगिता टोकियोको कामता स्टेशन नजिकै रहेको ओता जिम्नासियम हलमा सम्पन्न भएको थियो । प्रथम पुरष्कार ३ लाख, द्वितिय २ लाख र त्रीतिय १ लाख जापानी यन पुरष्कार राशी रहेको थियो ।प्रतियोगितामा शिवज्योती युथ क्लब प्रथम, गल्कोट स्पोर्ट्स क्लब द्वितिय र मोना जापान अ ले तृतिय स्थान हासिल गर्न सफल भएको थियो । नेपाल छदा राष्ट्रीय खेल खेलिसकेका खेलाडिहरु समेत यतिबेला अध्यायन अथवा कामको सिलसिलामा जापानमा रहेका छन । प्रतियोगितालाई सफल पार्न केन्द्रीय सल्लाहकार नारायण प्रसाद शर्मा र केन्द्रीय सदस्य तथा राष्टृय टिमका म्यानेजर राजकुमार गुरुङ जापान आएका थिए ।‘राष्ट्रका लागी खेलकुद र स्वास्थ्यका लागी खेलकुद’ भन्ने मुल नाराका साथ सम्पन्न भएको प्रतियोगिताको माध्यमबाट खेलप्रतिको माया र आपसी भाइचाराको विकाश गर्न सहयोग पुग्ने गरेको छ । खेल मा सहयोग गर्ने सबैलाई अध्यक्ष नबिन गुरुङले धन्यवाद प्रकट गरेका छन । विदेशमा रहे पनि राष्ट्रीय खेल भलीबलको विकाश होस भन्ने धेरै नेपालिहरुको आशा रहेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago