विश्वमा सबैभन्दा धेरै मुनाफा कमाएका १०स्मार्टफोन

विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने स्मार्टफोन कुन कुन हुन् ? सायद धेरैको यो चासो हुनसक्दछ । रिसर्च कम्पनी काउन्टरप्वाइन्टले सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकको आधारमा विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोनको सूची तयार पारेको छ । यी १० स्मार्टफोनले विश्वमा उक्त अवधिमा कुल बिक्री भएका स्मार्टफोनको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोन:
१. एप्पल आइफोन एक्स: २. आइफोन एटः ३. आइफोन एट प्लसः ४. आइफोन सेभेनः ५. आइफोन सेभेन प्लसः ६. सामसुंग ग्यालेक्सी नोट एटः
८.ग्यालेक्सी एस एट प्लसः९. आइफोन सिक्स एसः १०.आइफोन एस इः

१. एप्पल आइफोन एक्स: एप्पलको आइफोन एक्स विश्वमा सबैभन्दा धेरै कमाई गर्ने स्मार्टफोन हो । रिपोर्ट अनुसार यस अवधिमा आइफोन एक्सले स्मार्टफोन उद्योगमा स्मार्टफोन बिक्रिबाट हुने कूल फाइदाको ३५ प्रतिशत योगदान दिएको छ । सन् २०१७ को चौथो त्रैमासिकको अन्तिम दुई महिनाबाट मात्र यो मोडल बजारमा उपलब्ध थियो । अर्थात् सार्वजनिक भएको दुई महिनामै यसले सबैभन्दा धेरै नाफा कमाउने स्मार्टफोनको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।

२. आइफोन एटः यो सूचिमा अर्को नाम हो आइफोन एट । स्मार्टफोन उद्योगमा स्मार्टफोनबाट हुने कूल मुनाफामा १९.१ प्रतिशत हिस्सा यसको रहेको छ । गत वर्ष आइफोन एक्स र एट प्लससँगै आइफोन एट सार्वजनिक भएको थियो ।

३. आइफोन एट प्लसः तेश्रो नम्बरमा आइफोन एट प्लस रहेको छ । स्मार्टफोन उद्योगमा भएको कूल मुनाफामा यसको हिस्सा १५.२ प्रतिशत रहेको छ ।

४. आइफोन सेभेनः चौथो नम्बर पनि एप्पलले नै कब्जा गर्ने क्रममा आइफोन सेभेन रहेको छ । सन् २०१६ मा लञ्च भएको आइफोन सेभेनले स्मार्टफोन उद्योगको कूल मुनाफाको ६.२ प्रतिशत हिस्सा ओगटेको छ ।

५. आइफोन सेभेन प्लसः ठूलो स्क्रिनवाला यो फोन सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकमा सबैभन्दा मुनाफा कमाउन सफल पाँचौ स्मार्टफोन बनेको छ । दुई वर्षभन्दा धेरै पूरानो भएपनि यो स्मार्टफोनले कूल मुनाफाको ५ प्रतिशत हिस्सेदार ओगटेको छ ।


६. सामसुंग ग्यालेक्सी नोट एटः स्मार्टफोन उद्योगको कूल मुनाफामा हिस्सेदारीको हिसाबले सामसुंगको ग्यालेक्सी नोट एट छेटौँ नम्बरमा रहेको छ । यसको हिस्सा ३.९ प्रतिशत रहेको छ ।
७. आइफोन सिक्सः विश्वको सातौँ सर्वाधिक मुनाफा कमाउने स्मार्टफोन एप्पलको आइफोन सिक्स रहेको छ । ४ वर्षअघि लञ्च भएको यो स्मार्टफोनले बजारमा अझै पनि प्रभाव जमाइरहेको देखिन्छ र चोथो त्रैमासिकमा यसले कूल मुनाफाको १.८ प्रतिशत हिस्सा ओगटेको छ ।

८.ग्यालेक्सी एस एट प्लसः कूल मुनाफामा १.७ प्रतिशत हिस्सेदारी सहित सामसुंगको ग्यालेक्सी एट प्लस धेरै नाफा कमाउने आठौँ स्मार्टफोनको रुपमा रहेको छ । यो गतवर्ष लञ्च भएको स्मार्टफोन हो ।

९. आइफोन सिक्स एसः सन् २०१५ मा लञ्च भएको आइफोन सिक्स एसले नबौँ स्थान कब्जा गर्न सफल भएको छ । सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांक अनुसार विश्वको स्मार्टफोन उद्योगको कूल मुनाफाको १.६ प्रतिशत हिस्सेदारी यसको छ ।

१०. आइफोन एस इः एप्पलको सानो स्क्रिनवाला आइफोन एस इ विश्वको सबैभन्दा धेरै मुनाफा कमाउने टपटेन स्मार्टफोनभित्र आफुलाई पार्न सफल भएको छ । यसको मुनाफा हिस्सा ०.९ प्रतिशत रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago