विश्वमा सबैभन्दा धेरै मुनाफा कमाएका १०स्मार्टफोन

विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने स्मार्टफोन कुन कुन हुन् ? सायद धेरैको यो चासो हुनसक्दछ । रिसर्च कम्पनी काउन्टरप्वाइन्टले सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकको आधारमा विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोनको सूची तयार पारेको छ । यी १० स्मार्टफोनले विश्वमा उक्त अवधिमा कुल बिक्री भएका स्मार्टफोनको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोन:
१. एप्पल आइफोन एक्स: २. आइफोन एटः ३. आइफोन एट प्लसः ४. आइफोन सेभेनः ५. आइफोन सेभेन प्लसः ६. सामसुंग ग्यालेक्सी नोट एटः
८.ग्यालेक्सी एस एट प्लसः९. आइफोन सिक्स एसः १०.आइफोन एस इः

१. एप्पल आइफोन एक्स: एप्पलको आइफोन एक्स विश्वमा सबैभन्दा धेरै कमाई गर्ने स्मार्टफोन हो । रिपोर्ट अनुसार यस अवधिमा आइफोन एक्सले स्मार्टफोन उद्योगमा स्मार्टफोन बिक्रिबाट हुने कूल फाइदाको ३५ प्रतिशत योगदान दिएको छ । सन् २०१७ को चौथो त्रैमासिकको अन्तिम दुई महिनाबाट मात्र यो मोडल बजारमा उपलब्ध थियो । अर्थात् सार्वजनिक भएको दुई महिनामै यसले सबैभन्दा धेरै नाफा कमाउने स्मार्टफोनको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।

२. आइफोन एटः यो सूचिमा अर्को नाम हो आइफोन एट । स्मार्टफोन उद्योगमा स्मार्टफोनबाट हुने कूल मुनाफामा १९.१ प्रतिशत हिस्सा यसको रहेको छ । गत वर्ष आइफोन एक्स र एट प्लससँगै आइफोन एट सार्वजनिक भएको थियो ।

३. आइफोन एट प्लसः तेश्रो नम्बरमा आइफोन एट प्लस रहेको छ । स्मार्टफोन उद्योगमा भएको कूल मुनाफामा यसको हिस्सा १५.२ प्रतिशत रहेको छ ।

४. आइफोन सेभेनः चौथो नम्बर पनि एप्पलले नै कब्जा गर्ने क्रममा आइफोन सेभेन रहेको छ । सन् २०१६ मा लञ्च भएको आइफोन सेभेनले स्मार्टफोन उद्योगको कूल मुनाफाको ६.२ प्रतिशत हिस्सा ओगटेको छ ।

५. आइफोन सेभेन प्लसः ठूलो स्क्रिनवाला यो फोन सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकमा सबैभन्दा मुनाफा कमाउन सफल पाँचौ स्मार्टफोन बनेको छ । दुई वर्षभन्दा धेरै पूरानो भएपनि यो स्मार्टफोनले कूल मुनाफाको ५ प्रतिशत हिस्सेदार ओगटेको छ ।


६. सामसुंग ग्यालेक्सी नोट एटः स्मार्टफोन उद्योगको कूल मुनाफामा हिस्सेदारीको हिसाबले सामसुंगको ग्यालेक्सी नोट एट छेटौँ नम्बरमा रहेको छ । यसको हिस्सा ३.९ प्रतिशत रहेको छ ।
७. आइफोन सिक्सः विश्वको सातौँ सर्वाधिक मुनाफा कमाउने स्मार्टफोन एप्पलको आइफोन सिक्स रहेको छ । ४ वर्षअघि लञ्च भएको यो स्मार्टफोनले बजारमा अझै पनि प्रभाव जमाइरहेको देखिन्छ र चोथो त्रैमासिकमा यसले कूल मुनाफाको १.८ प्रतिशत हिस्सा ओगटेको छ ।

८.ग्यालेक्सी एस एट प्लसः कूल मुनाफामा १.७ प्रतिशत हिस्सेदारी सहित सामसुंगको ग्यालेक्सी एट प्लस धेरै नाफा कमाउने आठौँ स्मार्टफोनको रुपमा रहेको छ । यो गतवर्ष लञ्च भएको स्मार्टफोन हो ।

९. आइफोन सिक्स एसः सन् २०१५ मा लञ्च भएको आइफोन सिक्स एसले नबौँ स्थान कब्जा गर्न सफल भएको छ । सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांक अनुसार विश्वको स्मार्टफोन उद्योगको कूल मुनाफाको १.६ प्रतिशत हिस्सेदारी यसको छ ।

१०. आइफोन एस इः एप्पलको सानो स्क्रिनवाला आइफोन एस इ विश्वको सबैभन्दा धेरै मुनाफा कमाउने टपटेन स्मार्टफोनभित्र आफुलाई पार्न सफल भएको छ । यसको मुनाफा हिस्सा ०.९ प्रतिशत रहेको छ ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago