गामागोरी शहरमा रहेको स्थानीय सुपरमार्केटले फुगु माछाको कलेजो नझिकी पाँच वटा प्याकेट बिक्री गरेको खुलासा भएपछि फुगु किन्न चेतावनी दिइएको हो।
शहरमा केही विषाक्त फुगु माछा गलत तरिकाले बिक्री भएपछि मानिसहरुलाई त्यो जातको माछा किन्नबाट रोक्न आपत्कालीन चेतावनी दिइएको छ।
फुगु माछाको कलेजो निकै विषाक्त हुन्छ। बेचिएका तीनवटा प्याकेट भेटिएपनि दुई प्याकेट अझै नभेटिएको बताइएको छ।
मध्य जापानको गामागोरी शहरका अधिकारीहरुले आपतकालीन प्रणाली सक्रिय पार्दै फुगु माछाका विषाक्त प्याकेटहरु फिर्ता गर्न मानिसहरुलाई आह्वान गरेका छन्।
फुगु एउटा महंगो जाडोको परिकार हो जुन साशिमीको रुपमा काँचै वा सुपको रूपमा पकाएर खान सकिन्छ।
गोमागोरी शहरका अधिकारी कोजी ताकायानागीले एएफपीलाई भने, “हामीले आपत्कालीन वायरलेस प्रणालीबाट स्थानीयहरुलाई फुगु खान रोक लगाइसकेका छौं।”
‘ब्लोफिस’ भनिने फुगु माछाको कलेजो, अण्डा र छालामा ‘टेट्रोडोटोक्सिन’ नामक घातक विष हुन्छ र उक्त माछा तयार पार्नका लागि तालिम र इजाजत पत्र चाहिन्छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…