गोविन्द लामिछाने ,पोखरा
प्रदेश नम्बर ४ को मनाङका प्रदेश सभा सांसद दिपक मनाङे सपथ ग्रहणका दिन पत्रकारको चासोको बिषय बनेका थिए । अन्य सांसदहरु आउछन कि आउदैनन भन्ने भन्दापनी मनाङे आउछन् कि आउदैनन भन्नेमा पत्रकारहरु निकै चनाखो राखेका थिए । चुनाबको समयमा पनि चर्चामा आएका गुण्डा नाइकेको उपनाम बाट चिनिएका मनाङे लाई जनताले भने मतदान दिएर बिजय गराएका थिए । यो समयमा भने सर्वोच्च अदालतबाट पाँच बर्षको कैद सजाय पाएका मनाङका प्रदेश सभा सांसद दीपक मनाङेलाई प्रहरीले खोजी कार्य तीव्र पारेको छ । सर्वोच्चले पाँच बर्ष कैद सजायको फैसला गरेपछि मनाङे भूमिगत भएका थिए । फैसलाको दिनसम्म काठमाडौँमै रहेको सूचना पाएको प्रहरीले अहिले एकाएक भूमिगत भएपछि खोजी कार्यलाई तीव्र दिएको छ । खासगरि, काठमाडौँ वरपरकै जिल्ला वा गृह जिल्ला मनाङमा लुकेको आशंकामा प्रहरीले पक्राउका लागि टोली नै परिचालन गरेको छ ।बेला बेला मा विभिन्न घट्ना संग जोडिएका मनाङे सुरुमा एमालेको चुनाव चिन्न लिएर चुनाव मा उठ्ने भनेतापनी पछिल्लो समय स्वतन्त्र उम्मेद्बारी बाट चुनाव जितेका थिए ।२०६१ सालमा काठमाडौँकै गुण्डा नाइके चक्रे मिलनलाई तरबार हानेर मार्न खोजेको अभियोगमा २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । सोही फैसलालाई सर्वोच्चले माघ २ गते सदर गरेको हो ।गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पदमा रहँदै मनाङेलाई पक्राउ गर्न भनी आदेश दिएका छन् । देउवाको आदेश अनुसार प्रहरीले तीन वटा टोली बनाएर खोजी कार्यलाई तीव्र पारेको छ ।सफथ ग्रहण पश्चात् केही सांसदहरु बिच मनाङेको कुरा भएको समेत पाइएको थियोे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…