जनताले माननीय बनाइदिएका मनाङेले ,पाएनन् सपथ खान

गोविन्द लामिछाने ,पोखरा

प्रदेश नम्बर ४ को मनाङका प्रदेश सभा सांसद दिपक मनाङे सपथ ग्रहणका दिन पत्रकारको चासोको बिषय बनेका थिए । अन्य सांसदहरु आउछन कि आउदैनन भन्ने भन्दापनी मनाङे आउछन् कि आउदैनन भन्नेमा पत्रकारहरु निकै चनाखो राखेका थिए । चुनाबको समयमा पनि चर्चामा आएका गुण्डा नाइकेको उपनाम बाट चिनिएका मनाङे लाई जनताले भने मतदान दिएर बिजय गराएका थिए । यो समयमा भने सर्वोच्च अदालतबाट पाँच बर्षको कैद सजाय पाएका मनाङका प्रदेश सभा सांसद दीपक मनाङेलाई प्रहरीले खोजी कार्य तीव्र पारेको छ । सर्वोच्चले पाँच बर्ष कैद सजायको फैसला गरेपछि मनाङे भूमिगत भएका थिए । फैसलाको दिनसम्म काठमाडौँमै रहेको सूचना पाएको प्रहरीले अहिले एकाएक भूमिगत भएपछि खोजी कार्यलाई तीव्र दिएको छ । खासगरि, काठमाडौँ वरपरकै जिल्ला वा गृह जिल्ला मनाङमा लुकेको आशंकामा प्रहरीले पक्राउका लागि टोली नै परिचालन गरेको छ ।बेला बेला मा विभिन्न घट्ना संग जोडिएका मनाङे सुरुमा एमालेको चुनाव चिन्न लिएर चुनाव मा उठ्ने भनेतापनी पछिल्लो समय स्वतन्त्र उम्मेद्बारी बाट चुनाव जितेका थिए ।२०६१ सालमा काठमाडौँकै गुण्डा नाइके चक्रे मिलनलाई तरबार हानेर मार्न खोजेको अभियोगमा २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । सोही फैसलालाई सर्वोच्चले माघ २ गते सदर गरेको हो ।गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पदमा रहँदै मनाङेलाई पक्राउ गर्न भनी आदेश दिएका छन् । देउवाको आदेश अनुसार प्रहरीले तीन वटा टोली बनाएर खोजी कार्यलाई तीव्र पारेको छ ।सफथ ग्रहण पश्चात् केही सांसदहरु बिच मनाङेको कुरा भएको समेत पाइएको थियोे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago