गैरआबसिय नेपाली संघले आठौ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउने ।

 टोक्यो डिसेम्बर २१ । आगामी २०७५ माघको २५ देखि फागुन ३ गते सम्म हुन गैरहेको आठौ राष्ट्रिय खेलकुदमा गैर आबसिय नेपाली संघको टोलीले पनि सहभागी जनाउने भएको छ ।राष्ट्रिय खेलकुद परिषद ले ७ ओटा प्रदेश ३ ओटा विभागीय टिम र एसपाली बाट गैर आबसीय नेपाली संघ (NRNA ) को टिम गरि ११ ओटा टिम लाइ सहभागी गराउने निर्णय गरेको छ।

 बिश्वका बिकशित देशहरुले खेलकुदको माध्यमबाट आफ्नो देशको आर्थिक बिकाश गरिरहेको र खेलकुद क्षेत्रले बिश्वको आर्थिक  मेरुदण्डको हिस्सा ओगटी रहेको अबस्थामा नेपालले पनी खेलकुद क्षेत्रको बिकाश र  विदेशमा रहेका नेपालीखेलाडीलाइ समेत समेट्दै  प्रबाशमा रहेका करिब ६० लाख नेपालीको प्रतिनिधित्व हुने गरी गैरआबशिय नेपाली खेलाडीको पक्षमा न्याय गरेको र यो अवसरलाई NRNA जापानले आफ्नो तर्फ बाट सम्भब भय अनुसार धेरै क्षेत्रमा सहभागी जनाउने जापानका  अध्यक्ष टाशी वान्ग्दी लामाले बताउनु भयो ।

राष्ट्रिय खेलकुद परिषदको पछिल्लो तथ्यांक अनुसार खेल क्षेत्रमा सम्भाबना बोकेका खेलाडीहरु अध्ययन, रोजगार लगायतक अवसरको खोजीमा पछिल्लो चरणमा विदेश पलायन हुनेहरुको संख्या बढी भएको र लामो समय प्रबाशमा रहेका नेपाली खेलाडी तथा प्रबाशमा नै जन्मिएका प्रतिभाशालि युबा पुस्ताका खेलाडी हरुलाई समेत अवसर दिएर खेल क्षेत्रलाइ अझै लोकप्रियता र व्यापक बनाउने उद्देस्यले एस पटक बाट गैरआबशिय नेपाली संघले सबै ७९ देशका ncc बाट खेलाडी छनौट गरि पठाउने परिपत्र आएकाले उल्लेखित खेल शिर्षकमा प्रदर्शन गर्न को लागी NRNA जापानले पनि खेलाडी छनौट गरी पठाउने भएकाले डिसेम्बेर ३० तारिक भित्र जापानमा रहेका (नेपाल जापान फूटबल संघ , नेपाल जापान भलिबल संघ लागएतका  सम्बन्धित विधाका खेलाडीले बायोडाटा सहित सम्पर्क गर्नका लागी  सबैमा आब्व्हान गरेको NRN जापानका प्रबक्ता परशुराम बस्नेतले हामीलाई जानकारी गराउनु भयो ।

आठौ राष्ट्रिय खेलकुदमा समाबेश ३५  विधाहरु तपशिल बमोजीम रहेका छन।

१. फुटबल म /पु २ .एथलेटिक ३ .बक्सिङ्ग ४ .भारत्तोलन ५ .टेबल टेनिस ६ .क्रिकेट म / पु ७ .लन टेनिस ८ .पौडी ९ .सुटिंग १०. भलिबल म /पु ११. स्क्वास १२. तेक्वान्दो १३ .जुडो १४ .आर्चरी १५ .कबर्दी म /पु १६. खो खो म /पु १७ .ऊसु  १८. बास्केटबल म /पु १९. ब्याडमिन्टन २०. साइक्लिङ्ग २१ .कराते २२ .कुस्ती २३ .फेन्सिंग २४. ट्रायथलन २५. प्याराग्लाइग्डिंग २६. गल्फ २७. ह्यान्डबल २८. बुद्धिचाल २९. सफ्टटेनिस ३०. आइ . टि. एफ .तेक्वान्दो ३१. सेपाकताक्र्रो ३२. जिम्न्यास्टिक ३३. शारीरिक सुगठन ३४, फुल कन्ट्याक्ट कराते ३५ .हक्की । 

 उल्लेखित खेल विधामा आफुले उत्कृस्ट पर्दशन गर्न सक्ने खेलाडीले आफ्नो खेलको विधा खुलाई उक्त खेलमा एस अघि पर्दशन गरेको र प्राप्त गरेको उपलब्धि सहितको विवरण( curriculam vitae )आफ्नो देशको ncc ले संकलन गरी संघको खेलकुद समितिमा पठाउनु पर्ने र ncc बाट खेलाडीको विवरण प्राप्त भएपछी गैरआबसिय नेपाली संघको खेलकुद समितिले अन्तिम नामावली तयार पार्दै आठौ राष्ट्रिय खेलकुदमा यो पटक बाट NRNA ले आफ्नो अफिसियल टिम लाइ आफ्नो परिचय कार्ड सहित सहभागी गराउने कुरा गैरआबसिय नेपाली संघका icc युबा संयोजक तथा खेलकुद संयोजक सुदन थापा ले बताउनु भयो ।

सम्पर्कको लागी :email -nrnanccjapan@gmail.com ०८०३१७८२७८२ , ०९०९३९५१८४३ ०८०५४५८१७१८ 

                 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago