बझाङ प्रहरीको गस्ती टोलीले चरेससहित २ जाना पक्राउ गरेको

गोरखा रबिन्द्र कंडेल । बझाङको मष्टा गाँउपालीकाको कार्यालय नजिकैबाट प्रहरीले १८ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका मष्टा गाउँपालिका वडा नम्बर २ खीकालाको तुती सडक खण्डमा सदरमुकाम चैनपुर तर्फ झोलामा चरेस ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले चरेससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मष्टा गाउँपालिका वडा नम्बर -२ का २० वर्षीया दिपक बुढा र जय पृथ्वी नगरपालिका १० घर भएकी गौरी शङ्कर प्राथमिक विद्यालय मष्टाकी शिक्षिका हस्ता पुरीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रवीण धितालले बताए । दुवै जनाको झोलाबाट नौ/नौ किलो चरेस फेला पारेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन गरी उक्त बरामद चरेस र व्यक्तिलाई सार्वजनिक गरिएको छ ।

उनीहरूको साथ बाट दुई वटा स्कृन टच बाला दुई वटा स्यामसुङ् मोबाइल, एउटा माईक्रोम्याक्स मोबाइल र नगद १७ हजार ५ सय प्राप्त भएको डिएसपी धिताले बताए । दुई जना अरू पनि यसमा संग्लग्न रहेको र प्रहरीदेखी भागेपछि उनीहरूलाई नियन्त्रण लिन नसकिएको तर खोजी कार्य जारी रहेको डिएसपी प्रवीण धितालले जानकारी दिए ।

बझाङ जिल्लामा चरेस धेरै उत्पादन हुने भएका कारण सामान्य दुई चार हजारको लोभमा चरेसमा संग्लग्न भई जीवन बर्रबबाद नगर्न सबै स्थानीयहरूलाई आग्रह समेत गरे । यसको अन्त्यका लागी जनस्तरमा नै अन्तरक्रिया कार्यक्रम गरी जनचेतना फैलान जरुरी रहेको बताउँदै डिएसपी धितालले यसका लागी अब जिल्ला प्रहरी कार्यालयले पहल गर्ने र यसका सबै लय सहयोग तथा साथ दिन आग्रह गरे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago