यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ आज नखुलाउने

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको छ ।महासंको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको इन्धनको मूल्यवृद्धि फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने निर्णय गरेको छ ।

व्यवसायीसँग अग्रिम टिकट बुकिङ खोल्ने सहमति भए पनि त्यसविपरीत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाले आफूहरुले बुकिङ खोल्न नसक्ने दुई दिनअघि नै जानकारी गराइसकेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।सरकार र व्यवसायीबीच यसअघि बढेको डिजेलको मूल्यअनुसार दसैंपछि यातायात भाडा समायोजन गर्ने सहमति भएको थियो । यो समाचार आजको कारोबार बाट सभार गरियको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago