एक चर्चित पत्रकार रबी लामिछानेलाई जापानको नारिता एर्पोर्टमा भव्य स्वागत

टोकियो । नेपालको एक चर्चित पत्रकार रबी लामिछानेलाई जापानको नारिता एर्पोर्टमा भव्य स्वागत गरेको छन ।

आज शुक्रबार नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभाको अवसरमा पत्रकार महासंघको स्मारिका ‘प्रवास पत्रकारिता-२’ तथा पत्रकार रवी लामिछानेसंग बृहत् अन्तरक्रिया कार्यक्रममा आउनु भएका पत्रकार रबी लामिछानेलाई भव्य स्वागत गरेको हो ।

नारिता एर्पोर्टमा शुक्रबार बिहान पत्रकार रवी लामिछाने,सीधाकुरा जनतासंगको कार्यक्रम उत्पादक दीपक बोहरा,ईज़ीलिंक रेमिटका कार्यकारी अधिकृत डीपी अर्याललाई पत्रकार तथा जापानवासी नेपालीहरूले स्वागत गरेका हुन ।

मध्यान्ह एक बजेबाट टोकियो शिनओकुवोस्थित सोलमारी सभा हलमा हुने महासंघको तेस्रो साधारणसभा हुने छ।समारोहमा महास‌घका सल्लाहकार,पार्षद, कार्यसमिति पदाधिकारीहरु तथा जापान शाखामा आवद्ध पत्रकारहरुको विशेष सहभागिता हुने छ।

नेपाली टेलिभिजन क्षेत्रमा निडर पत्रकारका रुपमा पहिचान बनाएका चर्चित पत्रकार रवी लामिछानेले जापानवासी नेपालीहरुस‌ग आज शुक्रबार विशेष अन्तरक्रिया गर्ने भएका छन। टोकियो नाकानो जिरो हलमा साँझ छ बजेबाट सुरु हुने कार्यक्रममा सहभागि सर्वसाधारणहरुसंग पत्रकार लामिछानेले खुल्ला अन्तरक्रिया गर्नेछन।

निशुल्क प्रवेशको व्यवस्था गरिएको सो कार्यक्रमका लागि विशेष सुरक्षा व्यवस्था समेत तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो। अध्यक्ष घलेले करिव १४ सय सिट क्षमताको हलमा जापानवासी नेपालीहरुलाई खुल्ला छलफलमा सहभागिताका लागि आव्हान समेत गर्नुभएको छ।

समसामायिक विषयमा छलफल तथा प्रश्नोत्तरका लागि खुल्ला सत्र समेत समावेश गरिएको बताउदै अध्यक्ष घलेले कार्यक्रममा सहभागिताका लागि विभिन्न संघसंस्थाका पदाधिकारी,सवैसाधारण तथा सम्पूर्ण मिडियाकर्मी साथीहरुमा अपील गर्नुभएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago