एक चर्चित पत्रकार रबी लामिछानेलाई जापानको नारिता एर्पोर्टमा भव्य स्वागत

टोकियो । नेपालको एक चर्चित पत्रकार रबी लामिछानेलाई जापानको नारिता एर्पोर्टमा भव्य स्वागत गरेको छन ।

आज शुक्रबार नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभाको अवसरमा पत्रकार महासंघको स्मारिका ‘प्रवास पत्रकारिता-२’ तथा पत्रकार रवी लामिछानेसंग बृहत् अन्तरक्रिया कार्यक्रममा आउनु भएका पत्रकार रबी लामिछानेलाई भव्य स्वागत गरेको हो ।

नारिता एर्पोर्टमा शुक्रबार बिहान पत्रकार रवी लामिछाने,सीधाकुरा जनतासंगको कार्यक्रम उत्पादक दीपक बोहरा,ईज़ीलिंक रेमिटका कार्यकारी अधिकृत डीपी अर्याललाई पत्रकार तथा जापानवासी नेपालीहरूले स्वागत गरेका हुन ।

मध्यान्ह एक बजेबाट टोकियो शिनओकुवोस्थित सोलमारी सभा हलमा हुने महासंघको तेस्रो साधारणसभा हुने छ।समारोहमा महास‌घका सल्लाहकार,पार्षद, कार्यसमिति पदाधिकारीहरु तथा जापान शाखामा आवद्ध पत्रकारहरुको विशेष सहभागिता हुने छ।

नेपाली टेलिभिजन क्षेत्रमा निडर पत्रकारका रुपमा पहिचान बनाएका चर्चित पत्रकार रवी लामिछानेले जापानवासी नेपालीहरुस‌ग आज शुक्रबार विशेष अन्तरक्रिया गर्ने भएका छन। टोकियो नाकानो जिरो हलमा साँझ छ बजेबाट सुरु हुने कार्यक्रममा सहभागि सर्वसाधारणहरुसंग पत्रकार लामिछानेले खुल्ला अन्तरक्रिया गर्नेछन।

निशुल्क प्रवेशको व्यवस्था गरिएको सो कार्यक्रमका लागि विशेष सुरक्षा व्यवस्था समेत तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो। अध्यक्ष घलेले करिव १४ सय सिट क्षमताको हलमा जापानवासी नेपालीहरुलाई खुल्ला छलफलमा सहभागिताका लागि आव्हान समेत गर्नुभएको छ।

समसामायिक विषयमा छलफल तथा प्रश्नोत्तरका लागि खुल्ला सत्र समेत समावेश गरिएको बताउदै अध्यक्ष घलेले कार्यक्रममा सहभागिताका लागि विभिन्न संघसंस्थाका पदाधिकारी,सवैसाधारण तथा सम्पूर्ण मिडियाकर्मी साथीहरुमा अपील गर्नुभएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago