अब ट्याक्सी ड्राइभरलाई ड्रेसको साटो ज्याकेट !

५ भदौ, काठमाडौं । उपत्यकाका ट्याक्सी ड्राइभरहरुका लागि छुट्टै ड्रेस तय गर्ने विषयमा पटकपटक छलफल भए पनि निष्कर्षमा नपुगेपछि अर्को उपाय निकालिएको छ ।

महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरलाई छुट्टै ड्रेसको सट्टामा पहेँलो फ्लोरेसेन्ट ज्याकेटको लगाउनु पर्ने व्यवस्था लागू गर्न लागेको हो । बुधबारदेखि ट्याक्सी चालकलाई अनिवार्य रुपमा ज्याकेट लगाउनु पर्ने नियम लागू गर्न लागिएको हो ।

चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा ड्रेसको साटो ज्याकेट लगाउनु पर्ने व्यवस्था लागू गरिएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले अनलाइनखबरसँग कुरा गर्दै ट्याक्सी चालकहरुले बुधबार बिहानदेखि फ्लोरेसेन्ट ज्याकेट लगाउने बताए ।

‘संघले एउटै रंगको ज्याकेट व्यवस्था गरेको छ । त्यसलाई न्यूनतम मूल्यमा खरिद गरेर उनीहरुले लगाउनेछन्’, पन्तले भने । यसले सर्वसाधारणलाई चालकको पहिचान गर्न सहज हुने विश्वास लिएका छौं । सार्वजनिक सवारीमा यात्रुमाथि चालक र सहचालकबाटै दुव्र्यवहार हुने गरेको गुनासो आउने गरेका छन्’, उनले थपे, ‘यसले सर्वसाधारणले चालकको पहिचान गर्नेछन् भने चालकहरु पनि आफ्नो पेशाप्रति उत्तरदायी हुनेछन् ।

‘यदी उनीहरुले ज्याकेट लगाएनन् भने पहिलो चरणमा सचेत गराउँछौं’, महाशाखाका एक अधिकारीले भने, ‘त्यसपछि पनि अटेर गरे केही कानुनको दायरामा ल्याउँछौं । यातायात व्यवस्था कार्यालय, बागमती मातहत हाल ११ हजार ट्याक्सी चालक रहेको जनाइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago